नेदरल्यान्ड्सका नेपालीले अन्तर्राष्ट्रिय मेला नेपालमय बनाए

ENGLISH

NRN GLOBAL

नेदरल्यान्ड्सका नेपालीले अन्तर्राष्ट्रिय मेला नेपालमय बनाए

द्रोण रिजाल,नेदरल्यान्ड्स

6 September, 2017 | Sandeep Bhattarai | 1495 Views | comments

नेदरल्यान्ड्स

नेदरल्यान्ड्समा रहेका नेपालीहरुले द हेगमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मेला नेपालमय बनाएका छन्।

यहि सेप्टेम्बर २ का दिन विश्वका करिब ५० भन्दा बढि देशहरुको संलग्नतामा भएको एम्बेसी फेस्टिभल नामक उक्त बृहत मेलामा नेपालको उपस्थिति सबैको लागि एउटा प्रमूख आकर्षणको केन्द्र बनेको थियो।

‘विविधतामा एकता: नेपालको सुन्दरता र विशेषता’ भन्ने मूल स्लोगन सहित नेपाललाई उक्त मेला मा सहभागी गराइएको र नेपाली राजदूताबास, नेपाल पर्यटन बोर्ड, एनआरएनए अन्तर्राष्ट्रिय परिषद संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति, एनआरएनए नेदरल्याण्डस राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास, नेपाल जनसम्पर्क समिति, नेपाल समाज नेदरल्याण्डस, प्रवासी नेपाली मंच, नेपाल समाज नेदरल्याण्ड, अन्तर्राष्ट्रिय नेपाली समाज, हिमचुली कला समूह लगायतका दर्जनौं संघ संस्थाहरु र नेदरल्याण्डसका नेपाली समुदायहरु संयुक्त भएर कार्यक्रममा सहभागी भएकोले पनि नेपालको उपस्थिति निकै दरिलो र आकर्षणको केन्द्र बनेको नेदरल्याण्डसको लागि नेपाल पर्यटन दूत समेत रहेका एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष पुष्प बरुवालले बताए ।

विभिन्न देशकाकरिब दुई लाख भन्दा बढि मानिसहरुले प्रत्यक्ष रुपमा अबलोकन गरिएको भनिएको उक्त कार्यक्रममा सहभागी नेपालीहरुद्वारा विदेशीहरुलाई नेपाली परम्परा अनुसार टिका लगाइदिनुका साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन , नेपाली हस्तकलाका सामाग्रीहरु र खानका परिकार सहित नेपालको भौगोलिक र सांकृतिक सुन्दरता झल्काउने किसिमका पर्यटन प्रवर्द्धन सम्बन्धि पोस्टर तथा पम्प्लेटहरु वितरण गरिएको आयोजक मध्येका एक फणिन्द्र पन्तले जानकारी गराए । उनले नेपालीहरु प्रवासमा रहे पनि आफ्नो मातृभूमिको लागि केहि राम्रो काम गर्नुपर्छ भन्ने सोचाइ सबैमा अभिवृद्धि हुदै गएको र कार्यक्रम सफल बनाउन सबै एकजुट भएर लागेकोमा निकै खुसी ब्यक्त गरे।

हरेक वर्ष नेदरल्यान्ड्सको द हेग शहरमा आयोजना हुदै आएको यस प्रकारको अन्तर्राष्ट्रिय मेलामा नेपालको भने यो दोश्रो सहभागिता हो।

नेदरल्याण्डमा अन्तराष्ट्रिय मेलाको तयारी तीव्र, नेपाल पनि सहभागि हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK