नेदरल्याण्ड्समा राष्टिय एकता तथा मेलमिलाप दिवस मनाइयो

ENGLISH

NRN GLOBAL

नेदरल्याण्ड्समा राष्टिय एकता तथा मेलमिलाप दिवस मनाइयो

द्रोण रिजाल्, नेदरल्याण्ड्स।

4 January, 2017 | Sandeep Bhattarai | 900 Views | comments

नेदरल्याण्ड्स

यही जनवरी २,तारिखका दिन ४१औं राष्टिय एकता तथा मेलमिलाप दिवस आम्स्टरडाममा मनाइयो । नेपाली जनसम्पर्क समिती नेदरल्याण्ड्सको आयोजनामा नेदरल्याण्ड्समा रहेका नेपाली संघसंस्था तथा समुदायको समुपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

विपी कोइरालाको जननिर्वाचित मन्त्रीपरिषदलाई तत्कालिकन राजा महेन्द्रले निलम्बन गरि एकदलिय पंचायति व्यवस्था लागु गरेका कारण भारतमा निर्वासित भएका थिए । तिसको दशकमा दक्षिण एसियामा भएको विस्तारबादी निती र राजतन्त्रसंगको आन्तिरक द्धन्दका कारण नेपालको राष्ट्रियता संकटमा परेका कारण राष्ट्रिय हितका लागि भन्दै विश्रेश्वर प्रसाद कोइराला राष्टिय एकता तथा मेलमिलापको निती लिएर नेपाल फर्केको स्मरण कार्यक्रममा गरिएको थियो ।

नेपाली जनसम्पर्क समितिका संस्थापक अध्यक्ष नारायण आर्चायले प्रमुख अतिथीको आसनबाट बोल्दै विश्रेश्वर प्रसाद कोइरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको महत्व वर्तमान नेपाली राजनितीमा अझै पनि उत्तिकै महत्वपुुर्ण रहेको बताउनु भयो ।

समितिका अध्यक्ष उत्तम कंडेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रेजी नयाँ वर्ष, ल्होसार, उभौली लगायत सवैलाई शभकामना दिदै विपी कोइरालाको मेलमिलापको निति प्रवासमा बस्दा समेत नेपाली समुदायको हितका लागि सवैसंग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने बताउनुु भयो ।

कार्यक्रममा नेपाली जनसंपर्क समितिका पुुर्व अध्यक्ष ठाकुर शर्मा, गैर आवासीय नेपाली संघका आइसीसी सदस्य श्रीराम कंडेल,गैर आवासिय नेपाली संघ राष्ट्रिय सवान्वय परिषद नेदरल्याण्ड्सका अध्यक्ष हिमाल गुरुङ्, अन्तराष्ट्रिय नेपाली कलाकार समाजका केन्द्रिय अध्यक्ष पुष्प बरुवाल्, ओएनएफका अध्यक्ष प्रेम काजी ( मनु ) गुरुङ , पत्रकार द्रोण रिजाल, नयाँ शक्ति नेपालका प्रतिनिधी हिरण्य ओझा लगायतले राष्टिय एकता तथा मेलमिलाप दिवसका बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

राष्टिय एकता तथा मेलमिलाप दिवसको उपलक्ष्यमा नेदरल्याण्ड्सको नेपाली समुदायविचको भातृत्वलाई मजबुत बनाउन भलिबल प्रतियोगिता आगामी फेब्रअरीमा गरिने भएको छ ।संगठनको तर्फबाट सहभागिलाई स्वागत उपाध्यक्ष चन्द्र पौडेलले गरेका थिए ।

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सद्वारा हार्दिक धन्यबाद तथा कृतज्ञता व्यक्त

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK