नेदरल्याण्डका पूजा, सूर्य र मित्रले यूरोपस्तरीय प्रतिष्पर्धामा भाग लिने

ENGLISH

NRN GLOBAL

नेदरल्याण्डका पूजा, सूर्य र मित्रले यूरोपस्तरीय प्रतिष्पर्धामा भाग लिने

द्रोण रिजाल्, नेदरल्यान्ड् ।

24 January, 2017 | Sandeep Bhattarai | 1200 Views | comments

यूरोपस्तरीय प्रतिष्पर्धा

नेदरल्याण्डका कलाकारहरु पूजा लिम्बू, सूर्य भण्डारी र मित्र राई डेनमार्कमा हुने अन्तिम प्रतिष्पर्धाका लागि छानिएका छन। यही २१ जनवरी २०१७ को दिन इनास नेदरल्यान्डले लिएको अडीशनमा कडा प्रतिस्पर्धाकाबीच यी कलाकारहरु छानिएका हुन।

आमस्टर्डाममा रहेको बुद्व एकेडमीको हलमा सम्पन्न अडीशन  छानिएका कलाकारहरुले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूरोपको आउँदो अप्रिल महिनाको १३ र १४ तारिक डेन्मार्कमा हुने पाँचौ यूरोप स्तरीय नृत्य प्रतियोगिता र दोश्रो गायन प्रतियोगितामा नेदरल्याण्डका तर्फबाट भाग लिनेछन। कार्यक्रममा गत वर्षको प्रतियोगितामा नेदरल्याण्डको तर्फबाट भाग लिएर तृतीय भई दर्पण छायाँ २ नामक चलचित्रमा अभिनय गरेका कलाकार तूफ़ान घले र नेपाली भाषा र संस्कृतिको लागि कार्य गर्दै गरेको बुद्व एकेडेमीलाई सम्मान तथा कदर गरिएको थियो।

इनास युरोपले हरेक वर्ष यूरोप महादेश स्तरीय संचालन गर्दै युरोपमा रहेका कलाकारहरुको लागि ठूलो प्लेटफर्म दिदै आएको छ। इनासको यो पाँचौ यूरोप महादेश स्तरीय कार्यक्रम हो। यस अघि चौथो कार्यक्रम स्विजरल्याण्डमा भएको थियो। यसपटकको कार्यक्रममा नेदरल्यान्डस, बेल्जियम, फ्रान्स, जर्मनी, बेलायत, स्पेन, इटाली, पोल्याण्ड, पोर्चुगल, डेनमार्क, स्विट्जरल्याण्ड, नर्वे, स्वीडन, फिनल्याण्ड, चेक गणतन्त्रका कलाकारहरुले ठूलो संख्यामा भाग लिने आयोजकले जनाएका छन।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कलाकारले इनास यूरोप सिन्गिंग र गायन स्टार २०१७ को उपाधिसहित नगद ७०० यूरो, ५०० यूरो र ३०० यूरो र ट्रफी प्राप्त गर्नेछन भने विभिन्न चलचित्र, म्यूजिक भिडियोहरुमा गायन र अभिनयको साथै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत सहभागी हुने अबसर पाउने भएका छन।

इनास यूरोपीयन गायन एवम नृत्य प्रतियोगिता कोपेनहेगेनमा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK