नेता पौडेल र जाइका अध्यक्ष सिनिचीबीच भेट : दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल

ENGLISH

NRN GLOBAL

नेता पौडेल र जाइका अध्यक्ष सिनिचीबीच भेट : दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल

30 November, 2016 | Sandeep Bhattarai | 1325 Views | comments

नेता पौडेल र जाइका अध्यक्ष सिनिचीबीच भेट : दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल

जापान भ्रमणमा रहनुभएका नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जापानको अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा सिनिची बीच भेटवार्ता भएको छ ।

नेता पौडेल र नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गरिरहेको जाइका प्रमुखबीचको भेटमा दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल भएको बताइएको छ । बिषेश गरी भूकम्पपछिको पुर्ननिर्माणका बिषयमा जाइकाका अध्यक्ष डा सिनिचीसंग कुराकानी भएको पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो ।

छलफलका क्रममा जाइका अध्यक्ष सिनिचिले नेपालको पुर्ननिर्माणको अवस्थाका बारेमा चासो व्यक्त गर्नुभएको थियो । त्यस्तै सप्तगण्डकी जलबिद्युत आयोजना, बुढीगण्डकी आयोजना नागढुंगा सडकमा बन्न लागेको टनेलका बारेमा पनि कुराकानी भएको थियो ।

जाइका अध्यक्षले नेपालको संविधान कार्यान्वयनको अवस्थाका बारेमा चासो राख्दै राजनीतिक स्थिरता भई विकास र लगानीका लागि वातावरण निर्माणमा सुझाव समेत दिनुभएको थियो ।

poudel-meet-jica-chief

पौडेलका सहयोगी अधिकारीका अनुसार तनहुँमा बन्न लागेको जीपी कोइराला स्वासप्रश्वास केन्द्रको निर्माणका बारेमा तथा तनहुँमा नै निर्माण हुन जलबिद्युत आयोजनामा लगानीका बारेमा पनि कुराकानी भएको थियो ।

बरिष्ठ नेता पौडेलले भुकम्पपछि जापान सरकार र जाइकाले पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्दै भविश्यमा समेत सहयोगको नेपालले अपेक्षा राखेको जानकारी जाइका अध्यक्षलाई गराउनुभएको थियो ।

भेटमा पौडलका साथमा साँसद राजन केसी जापानका लागि नेपाली कार्यबाहक राजदुत कृष्णचन्द्र अर्याल, जाइकाका दक्षिण एशिया बिभागका प्रमुख अर्याइ तोरुको पनि सहभागिता थियो ।

भेटवार्ता सुरु अघि नेता पाडेलले जाइका प्रमुखलाई बुद्धको मुर्ति उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।

नेपाली कांग्रेसका नेता पौडेल र केसी नोभेम्बर २८ तारिखमा जापान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK