नेतन्याहूलाई भ्रष्टाचारको आशङ्कामा तेस्रो पटक सोधपुछ

ENGLISH

WORLD

नेतन्याहूलाई भ्रष्टाचारको आशङ्कामा तेस्रो पटक सोधपुछ

28 January, 2017 | Bhawana Pathak | 645 Views | comments

इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको जेरुसेलमस्थित निवासमा पुगी पदीय मर्यादा विपरित धनाड्य समर्थकबाट उपहार लिएको र भ्रष्टाचार गरेको आशङ्कामा तेस्रो पटक सोधपुछ गरेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

neta-israyal

प्रहरीले प्रधानमन्त्रीसँग करिब चार घण्टा सोधपुछ गरेको स्थानीय एक रेडियोले जनाएको छ । उक्त रेडियोले नेतन्याहूमाथि प्रहरीले आगामी हप्ताको मध्यतिर पुनः एक पटक सोधपुछ गर्नसक्ने प्रहरीले बताएको जनाएको छ । यस विषयमा इजरायली प्रहरी प्रवक्तासँर्ग सम्पर्क गर्दा प्रतिक्रियाका लागि उहाँ उपलब्ध हुनुभएन ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार नेतन्याहूले एक इजरायली व्यवसायी र हलिउड निर्माता अर्नोन मिल्चानबाट लाखौँ अमेरिकी डलर बराबरको महङ्गा चुरोट लिने गरेको बताइएपछि यस सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको छ । मिल्चान नेतन्याहूका पुराना साथी भएको र साथीबाट उपहार लिनु कुनै अपराध नहुने प्रधानमन्त्रीले बताउदै आउनुभएको छ ।
मिल्चानले प्रधानमन्त्री पत्नी सारालाई ‘पिङ्क वाइन’ लिएको भनी लागेको आरोपमा समेत प्रधानमन्त्रीसँग छानबिन भइरहेको छ ।

यस सम्बन्धमा प्रधानमन्त्रीले इजरायली संसदमा स्पष्टीकरण समेत दिनुभएको थियो । गत बुधबार संसदमा आफूबारे उठाइएको आशङ्काका सम्बन्धमा बोल्दै “साथीबाट उपहार लिन सकिने भन्दै आफूले कुनै अपराध नगरेको” बताउनुभएको थियो ।

यस विषयमा विपक्षीद्वारा अनावश्यक हल्ला गरेर आफ्नो राजनीतिक प्रभावमाथि बदनाम गराउन खोजेको बताउँदै आउनुभएको छ । रासस÷एएफपी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK