नेट टिभी मोबाइल एप अब स्मार्ट सेलमा पनि

ENGLISH

TECH

नेट टिभी मोबाइल एप अब स्मार्ट सेलमा पनि

1 August, 2018 | Sandeep Bhattarai | 1155 Views | comments

नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एप अब स्मार्ट सेलमा पनि उपलब्ध भएको छ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको नेटटिभी गुगल प्लेस्टोर र एप स्टोरमा समेत उपलब्ध छ ।

करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभीले आफ्नो सेवा विस्तार गर्ने क्रममा स्मार्ट सेल मोबाइलमा पनि यो सेवा प्रदान गरेको हो । अब स्मार्ट सेल मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलबाट नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु जहाँबाट पनि सजिलै प्रत्यक्ष हेर्न सक्नेछन् ।

नेटटिभी एप लञ्च गरिसकेको न्यू आइटी भेञ्चरले विशेष फिचरसहित नयाँ एप पनि सार्वजनिक गरिसकेको छ । नेटटिभी नेपालको पहिलो आईपीटिभी र ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत ११५ च्यानलहरु हेर्न सकिनेछ ।

अबको समय सबै इन्टरनेट केन्द्रित भैसकेकाले मोबाइललाई लक्षित गरी नयाँनयाँ उत्पादन आउने क्रममा छन । यसैको एउटा उत्पादन हो नेटटिभी । छोटो समयमै अत्यधिक रुचाइएको यो मोबाइल एप नेपालीहरुले नेपालको लागि बिकास गरिएको हो ।

न्युआइटी भेञ्चर कर्पोरेशन

न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ । एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिक कम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदाय आधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम् आईपीटीभी हेड इन्ड संचालन गर्दछ ।

मिडिया, प्रविधि र वित्तीय क्षेत्रका स्थापित व्यक्तित्वहरुद्वारा स्थापित जापान, अमेरिका, सिंगापुर, अस्ट्रेलिया र युरोपमा रहेकाको नेटवर्क संचालन सुविधा तथा काठमाडौँमा एक विकास केन्द्र बनाएर राखेको छ ।

कर्पोरेसनको अनुकुल प्लेटफर्मका कुनै पनि स्क्रिनमा सामग्रीको वितरणको लागि मिडलवेयर सफ्टवेयर, एप्स र हेडइन्ड सिस्टम समावेश छ । जस्तै स्मार्ट फोन, ट्याब्लेट, आइफोन, आइप्याड, सेटटप बक्स, वेभ, रोकु, स्मार्ट टिभी (एलजी)मा रहेका छन् ।

स्मार्ट टेलिकम

यसै गरी नेटटिभी लञ्च गरेको स्मार्ट टेलिकम प्राइभेट लिमिटेड नेपालको तेस्रो द्रुत गतिमा बढ्ने मोबाइल फोन सेवा प्रदायक कम्पनी हो । यो कम्पनी सन् २००८ को जुलाई १ मा स्थापित भएको हो । स्मार्ट टेलिकमले नेपालमा अत्याधुनिक प्रविधिको साथ आफ्नो नेटवर्क सेवाको विस्तार गरिरहेको छ । यस कम्पनीले काठमाडौँ, ललितपुर र भक्तपुरमा फोर जी सेवा उपलब्ध गरिसकेको छ ।

मोबाइलबाट सजिलै विश्वकप फुटबल हेर्न सकिने ‘नेटटिभी स्पोर्टस् एप’ सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK