नेकपा माओवादी केन्द्रले उम्मेदवार छान्यो

ENGLISH

SPECIAL

नेकपा माओवादी केन्द्रले उम्मेदवार छान्यो

24 May, 2017 | Bhawana Pathak | 1135 Views | comments

नेकपा (माओवादी केन्द्र)ले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ । पार्टीको मङ्गलवार अपराह्न बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवार छनौट गरेको हो ।

बैठकबाट बिर्तामोड नगरपालिकाका लागि प्रमुख पदमा पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता सिपी कडरिया र उपप्रमुखमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको छ । कडरिया विकासप्रेमी युवानेता मानिनुहुन्छ । सरु अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष हुनुहुन्छ ।

त्यस्तै, दमक नगरको प्रमुख पदमा पार्टीका क्षेत्रीय इञ्चार्ज गगन पुरी (रेवतराज)ले आफ्नो उम्मेदवारी दुई महिनाअघि नै घोषणा गर्नुभएको थियो । दमकको उपप्रमुख पदमा आदिवासी जनजाति महासङ्घकी केन्द्रीय सचिव शान्तिदेवी धिमाललाई चयन गरिएको छ ।

कमल नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अधिवक्ता विमल सङ्ग्रौलालाई प्रमुख र उपप्रमुखमा गौरी राईलाई चयन गरेको छ । यसैगरी, गौरादह नगरपालिकामा पार्टीका नगर इञ्चार्ज पुष्प ढकाललाई प्रमुख र अर्पना राजवंशीलाई उपप्रमुखका लागि छनौट गरेको पार्टीका नगर सहसंयोजक कुमार खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवशींलाई गाउँपालिकाको अध्यक्ष र कल्पना राईलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने बताइएको छ । शिवसताक्षी नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराईलाई प्रमुखको उम्मेदवार छनौट गरिएको छ ।

यसैगरी, भद्रपुरको नगर प्रमुखमा शिवराज राजभण्डारी र उपप्रमुखमा स्वर्णिका सिंह, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्की (आयुष), कचनकवल गाउँपालिकाको अध्यक्षमा हंसनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइने, झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईं र शनिअर्जुन नगरपालिकाको प्रमुखमा भूपेन्द्र न्यौपाने र उपप्रमुखमा अस्मिता तामाङलाई दलको तर्फबाट उम्मेदवार छनौट गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK