नीताको सिउँदोमा सिन्दुर

ENGLISH

ENTERTAINMENT

नीताको सिउँदोमा सिन्दुर

17 May, 2017 | Bhawana Pathak | 710 Views | comments

आफू अभिनित फिल्महरु एकपछि अर्को असफल सावित हुँदा अहिले नायिका नीता ढुंगानालाई आफ्नो क्रेज बचाउन नै हम्मे-हम्मे परिरहेको छ । गएको बर्ष ‘लेकसाइड’, ‘निर्भय’ फिल्म रिलिज भएपनि नीतालाई यी कुनै पनि फिल्मले खुशीको मुस्कान छर्न सकेन । आफ्नो लिड रोल रहेका फिल्महरु लगातार फल्प हुँदा पनि नीता भने अहिलेसम्म खासै फुर्सद बस्नु परेको देखिन्न । म्यूजिक भिडियोसँगै फिल्ममा पनि व्यस्त नायिका ढुंगाना अहिले नायक आर्यन अधिकारीसँग फिल्म ‘करोडपति’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा बलीउड अभिनेता राजपाल यादवको पनि मुख्य भूमिका रहेको छ ।

हालैमा नीताले आफ्नो आधिकारीक फेसबुकमा एक तश्वीर अपलोड गरेकी छिन्, जसले उनका फ्यानहरु अचम्ममा परेका छन् । हुनत, नीताले दैनिक जसो नै फेसबुकमा आफ्नो तश्वीरहरु अपलोड गर्ने गर्छिन् तर हिजो मंगलवार साँझ एक यस्तो तश्वीर शेयर गरेकी छिन्, जसले उनका फ्यानहरु नै सप्राइज भएका छन् । कारण, उक्त तश्वीरमा नीताको सिउँदोमा सिन्दुर प्रष्ट देखिएको छ । नायक आमेश भण्डारीससँग ब्रेकअप भएपछि अहिले एक्लो जीवनको रथ अगाडि बढाइरहेकी नीताको सिउँदोमा सिन्दुर देखिनुले उनका प्रशंसकहरु अचम्ममा नपर्ने त कुरै भएन । नीताले उक्त तश्वीर फेसबुकमा शेयर गरेपछि उनका प्रशंसकहरुले कमेन्ट बक्समा एउटै प्रश्न गरेका छन् कि ‘तपाईको विवाह कहिले भयो ?’

हुनत, उनको उक्त तश्वीर हेर्दा सबैको मनमा उब्जिने प्रश्न पनि यही नै हो तर नीताले रियलमा विवाह गरेकी भने होइनन् । उनले एक सुपर क्वालिटी प्रोडक्टको विज्ञापनमा नायक प्रमोद अग्रहरीको श्रीमतीको भूमिका निर्वाहा गरेका कारण सिउँदोमा सिन्दुर लगाएको बताइन् । पछिल्लो समय नीताले म्यूजिक भिडियो र विभिन्न कम्पनीका विज्ञापनहरुबाट आफ्नो जीवनयापन गर्दै आइरहेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK