निर्वासित नेपाली किशोरी जर्मनी फर्किन पाउने

ENGLISH

NRN GLOBAL

निर्वासित नेपाली किशोरी जर्मनी फर्किन पाउने

बीबीसी नेपाली

27 July, 2017 | Sandeep Bhattarai | 835 Views | comments

कक्षाकोठाबाट निकालेर नेपाल फिर्ता पठाइएकी एक किशोरीलाई विद्यार्थी भिसामा जर्मनी फर्कन अनुमति दिइएको छ।

नेपाली अभिभावककी सन्तान १५ वर्षिया बिभ्सी राना जर्मनीमा जन्मिएकी थिइन् तर गत मे महिनामा उनलाई परिवारसहित निर्वासित गरिएको थियो।

ती किशोरीका सहपाठीहरुले त्यसको विरोध गरे र उनको पक्षमा पैरवी गर्दै ‘बिभ्सी फिर्ता ल्याउ’ भन्ने नारासहितको निकालेको र्‍यालीमा हजारौं मानिसलाई उपस्थित गराए।

अधिकारीहरुले यसलाई अनौठो मामिला भन्दै बिभ्सी ‘यथार्थमा जर्मन’ थिइन् भनेका छन्।

कठिन परिस्थिति
डियूसवर्ग शहरका मेयर सरेन लिङ्कले भने, “यो कठिन परिस्थितिलाई सल्टाउन हामी सफल भएपछि मेरो काँधबाट ठूलो जिम्मेवारी हटेको छ।”

बिभ्सीका अभिवावक आफ्नो देश नेपालमा सशस्त्र द्वन्द्व चलिरहेका बेला भागेर सन् १९९८ मा जर्मनी पुगेका थिए तर उनीहरुले दिएको शरणार्थीको आवेदन अस्वीकार भएको थियो।

यो कठिन परिस्थितिलाई सल्टाउन हामी सफल भएपछि मेरो काँधबाट ठूलो जिम्मेवारी हटेको छ : सरेन लिङ्क, डियूसवर्गका मेयर

त्यसपछि उनीहरुले गरेका थुप्रै आग्रह अस्वीकार भए।आफ्नो देशमा हुनसक्ने राजनीतिक नतिजाको भयले बिभ्सीका पिताले शुरुमा गलत नामबाट शरणार्थीका लागि आवेदन दिएका थिए र यसलाई उनले जीवनकै “सबैभन्दा ठूलो भूल” भन्दै आएका छन्।

साथी रोए
तर बिभ्सी जर्मनीमै जन्मिएकी र त्यही हुर्किएकी थिइन्।मे महिनाको अन्तिम सोमबार बिभ्सीलाई उनको सामानसहि देश छाड्न भनिंदा उनी डियूसबर्ग शरहमा रहेको उनको विद्यालयको कक्षाकोठामा थिइन्।

त्यही दिन बिभ्सी र उनको परिवारलाई नेपाल निर्वासित गरियो, जुन देश उनी कहिले गएकी थिइनन्।उनका शिक्षक जास्चा ताम्मले जर्मन मिडियालाई त्यो घटनापछि उनको कक्षाका सबै छात्राहरु रोएको बताएका छन्।

दयालु छात्रा
त्यी शिक्षका अनुसार बिभ्सीकी सबैभन्दा मिल्ने साथी आकस्मिक रुपमा चिकित्सक बोलाउनुपर्ने गरी रोएकी थिइन्।ताम्मका अनुसार बिभ्सी दयालु छात्रा थिइन् र जर्मन भाषा र विज्ञान विषयमा उनको राम्रो पकड थियो।

साथै उनी पौडी सिकाउन पनि मद्दत गर्थिन्।समाचारहरुका अनुसार बिभ्सी उनको परिवारसँग नेपालमा बसिरहेकी छिन्।

अनौठो मामिला
भाषाको समस्याका कारण उनले नयाँ विद्याल भेट्याउन सकेकी छैनन्।बिभ्सीलाई हाल विद्यार्थी भिसा दिइएको छ र अब उनी आफ्नो पढाइ नसकिंदासम्म जर्मनीमा बस्न पाउनेछिन्।

उनका अभिवावक पनि उनीसँगै जर्मनी फर्किन पाउनेछन्।नर्थ राइन वेषटफेलिया राज्यका मन्त्री योआहिम स्ट्याम्पले भने, “यो अनौठो मामिला हो र यसका आधारमा सामान्यकरण गर्न मिल्दैन। यो निर्णय लिँदा बच्चाको अधिकार अग्रभूमिमा रहेको थियो।”

उनले अगाडि भने, “बिभ्सी जर्मनीमा जन्मिएकी हुन् र उनी यही हुर्किएकी पनि हुन्, यथार्थमा उनी जर्मनकी बच्चा हुन्।”यो निर्णयले बिभ्सी एकदम खुशी भएको र उनका अभिभावक अझै बढी हर्षित भएको बताइएको छ।

जर्मनीबाट डिपोर्ट भईन नेपाली विद्यार्थी ,उनको पक्षमा हस्ताक्षर अभियान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK