निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष गौतम कारवाहीमा

ENGLISH

NRN GLOBAL

निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष गौतम कारवाहीमा

14 September, 2017 | Sandeep Bhattarai | 985 Views | comments

बेल्जियम

गैर आवासीय नेपाली संघ बेल्जियमको गत ०३ सेप्टेम्बरका दिन सम्पन्न निर्वाचनमा नेपाली जनसम्पर्क समिति बेल्जियमले उठाएका अध्यक्षका उम्मेदवार सन्तोष जोशी (सुवाश) को अन्तरघातका कारण पराजय भएको र अन्तरघातको नेतृत्व जनसम्पर्क समितिका पूर्व अध्यक्ष गंगाधर गौतमले गरेको भनि बलिराम झा को सभापतित्वमा रहेको अनुशासन समितिले प्रमाणित गरिदिए पछि जनसम्पर्क समितिले गौतमलाइ आगामी ३ वर्षको लागि साधारण सदस्यबाट बर्खास्त गरेको छ ।

यसका साथै उनलाई कार्वाही अवधि सम्मको लागि नेपाली जनसम्पर्क समितिको सबै हैसियतबाट मुक्त गरेको जानकारी दिइएको छ । सभापति सीता सापकोटा द्वारा हस्ताक्षरित कार्वाही पत्रमा “गैर-आवासीय नेपाली सँघ बेल्जियमको गत निर्वाचनमा संगठनले प्रवासी नेपाली मञ्च बेल्जियमसँग मिलेर कायम गरेको गठबन्धनको बिपक्षमा लागि नेपाली जनसम्पर्क समितिले तोकेको अध्यक्षका उम्मेद्वार नेजस बेल्जियमका निवर्तमान अध्यक्ष सन्तोष जोशी (सुवाश) लाई हराउन गंगाधर गौतमको प्रत्यक्ष संलग्नता रहेको बारे अनुशासन समितिमा परेको उजुरीको छानवीन पश्चात सो समितिले पेश गरेको सिफारिसका आधारमा अघि बढ्ने भनि गत ०६ सेप्टेम्बरमा बसेको आकस्मिक बैठकले गरेको निर्णय अनुसार अनुशासन समितिले यथेष्ट सबुद-प्रमाण खुलाइ ०९ सेप्टेम्बर का दिन यस समितिमा पेश गरेको सिफारिश बमोजिम ११ सेप्टेम्वर देखि लागू हुने गरि गौतमलाई नेपाली जनसम्पर्क समिति बेल्जियमको विधानको भाग ५ धारा २१ को उपधारा ४ बमोजिम समितिका सबै हैसियत सहित साधारण सदस्यबाट आगामी ३ वर्षको लागि निष्कासन गरिएको व्यहोरा सहित नेपाली जनसम्पर्क समिति बेल्जियम सभापतिद्वारा जारी कारवाही पत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ कारवाही पत्र :

बेल्जियम

एनआरएनए बेल्जियमको अध्यक्षमा दाहाल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK