निर्वाचनको मिति केही दिन भित्रै घोषणा हुने:प्रधानमन्त्री

ENGLISH

POLITICS

निर्वाचनको मिति केही दिन भित्रै घोषणा हुने:प्रधानमन्त्री

28 January, 2017 | Krishna Adhikari | 805 Views | comments

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मिति केही दिन भित्रै घोषणा हुने बताएका छन् । प्रधानमन्त्री दाहालले निर्वाचन सम्बन्धि कानुन बनाउने कामलाई तीव्रता दिइएको र केही दिन भित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताएका हुन् ।

उनले सबै दललाई सहमतिमा लिएर संविधान कार्यान्वयन गर्न सरकार गम्भिर भएर लागि परेको पनि स्पष्ट पारे । प्रहरी र सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्ने चुनौतिपूर्ण घडीमा मुलुक रहेको उल्लेख गर्दै त्यसलाई सफल बनाउन सरकारी वकिल र नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।

उनले फौजदारी मुद्दाका अनुसन्धानकर्ता नेपाल प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको संयुक्त प्रयासमा मात्रै नागरिकलाई शान्ति सुरक्षा दिन सक्ने विश्वास पनि व्यक्त गरे । सम्मेलनले फौजदारी मुद्दाका अनुसन्धान अधिकृत प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुबीच साझा धारणा बनाउने बताइएको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता, नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु, अभियोजनकर्ता सरकारी वकीलहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु, तथा महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयबाट तोकिएका करिव ५ सय ५० जना सहभागी भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK