निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

ENGLISH

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

नेपाल समाचारपत्रबाट ।

6 October, 2018 | Kabiraj Adhikari | 13215 Views | comments

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन्। युट्युब च्यानलले निर्मलाको नाममा अन्धाधुन्धरूपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ।

घटनालाई तोडमोड गरेर युट्युब च्यालनमा राख्ने र पैसाका लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ। ‘गृहमन्त्रीकै अगाडि निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै कार्यक्रममै उत्रिँदा प्रहरीद्वारा धरपकट’ भन्दै युट्युब च्यानलमा भिडियो अपलोड भएपछि उक्त भिडियो एक लाख बढीले हेरेका छन्।

त्यसैगरी ‘यसरी बलात्कार गरेछन् निर्मला पन्तका हत्याराले बाहिरियो डरलाग्दो गोप्य’ भन्दै युट्युबमा लिङ्क सेयर गरिएको छ जुन दृश्य ३ हजार बढीले हेरेका छन्। ‘निर्मला पन्तको बलात्कारी पुलिस नै रहेछ’ भन्दै युट्युबमा हालिएको भिडियो ७ हजार बढीले हेरेका छन्।

‘निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै आमाबाउको गुहार’ भन्दै सैघाली खबर अनलाइन टिभीले आफ्नो च्यानलमा भिडियो अपलोड गरेको केही समयमा नै उक्त भिडियो एक लाखले हेरेको सो च्यानलले सगौरव प्रस्तुत गरेको छ।

ती च्यानलहरूले आफूलाई अब्बल बनाउन निर्मलालाई अगाडि सार्दै अनर्गल प्रचारसमेत गरेको देखिन्छ। अहिले सयौं युट्युब च्यानलमा निर्मलाको नाम जोडेर लिकंहरू राखिएका छन्।

च्यानलको प्रचार र आम्दानीको स्रोत बढाउन ती च्यानलले लिंक सेयरसमेत गरेको देखिन्छ ।

युट्युबमा भिडियो सेयरको संख्या धेरै भए तीनदेखि पाँच लाख रूपियाँसम्म कारोबार हुने भएकाले यसो गरेको युट्युब च्यानल चलाउँदै आएकाहरूको दाबी छ।

युट्युब च्यानल भर्खरै सञ्चालन गर्दै आउनुभएका रमेश अर्यालले भन्नुभयो– ‘युट्युब एकाउन्ट खोलेर एउटा भिडियो हालेपछि १० हजार भ्युज पुगेपछि युट्युबले खातामा पैसा हालिदिन्छ भन्ने सुनेर मैले पनि युट्युब च्यानल खोलेको छु।’

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल सूचना सम्प्रेषणमा युट्युब च्यानलले भूमिका खेले पनि तथ्यलाई बङ्ग्याउन नहुने बताउनुहुन्छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले युट्युबले गरेको बदमासीको बारेमा उजुरी नपरेको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उजुरी पर्यो भने मुद्दा चलाउँछौं। अहिलेसम्म उजुरी परेको छैन। यदि उजुरी परेर दोषी ठहरिए विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही हुन्छ।’

१३ वर्षीया बालिका निर्मलाको साउन ११ गते कञ्चनपुरमै बलत्कारपछि हत्या गरिएको थियो। हत्या कसले गरेको हो भन्ने दोषी किटान हुन नसक्दा घटनामा राजनीतीकरण गर्न थालिएको छ। कतिपय गैरसरकारी संस्थाले बजेट नै छुट्याएर निर्मलाका नाममा दिनहुँजस्तो विरोधका स्वरहरू सुनिएको छ। कतिपयले न्यायका लागि सडकमा आवाज उठाएको भए पनि अधिकांश भने विदेशी डोनरको पैसामा रमाइरहेका छन्।

बम दिदीबहिनी र मामामाथि अनुसन्धान गर्न आग्रह

नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा बम दिदीबहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दाबी गर्दै बम दिदीबहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो।

संगठनको प्रतिवेदनमा घटनाको वास्तविकतातर्फ सरकारको अनुसन्धान केन्द्रित नभएको दाबी गर्दै एसपी डिल्लीराज विष्ट, बम दिदीबहिनी र निर्मलाका मामा भण्डारीले घटनाको यथार्थ लुकाउन चलखेल गरिरहेको उल्लेख छ। संगठनले घटनास्थलनजिकै रहेको नेपाली सेनाको ब्यारेकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK