निर्धारित समयमै मेलम्चीको पानी उपत्यकामा आउँने

ENGLISH

निर्धारित समयमै मेलम्चीको पानी उपत्यकामा आउँने

22 February, 2017 | Krishna Adhikari | 690 Views | comments
download-2मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ ।

“आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार द्रुत गतिमा भइरहेको छ, विसं २०७४ साउनमा खानेपानी परीक्षण गरी आगामी बडादसैँमा घर घरमा खानेपानी वितरण गर्ने लक्ष्य छ”, सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा आयोजित ‘काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनमा मेलम्ची खानेपानी आयोजना’ विषयको अन्तक्र्रियामा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले भन्नुभयो ।

पाइपलाइन विस्तारका क्रममा राजधानीका सडकमा धुलोको समस्या न्यूनीकरण गर्ने काम भइरहेको जनाइएको छ । पाइप बिछ्याउन खनिएका सडक पुनःनिर्माणका लागि यसअघि नै सडक विभागलाई रु ८४ करोड र नगरपालिकालाई रु एक करोड निकासा भइसकेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई घनश्याम भट्टराई उपत्यकामा खानेपानीको माग सम्बोधन गर्न मेलम्ची–२ आयोजनाको काम पनि अघि बढेको बताउनुहुन्छ ।

काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौँ उपत्यकामा सुख्खायाममा पानीको सहज आपूर्ति गर्न तत्काल ट्यांकरबाट समेत व्यवस्थित रुपमा पानी वितरण गरिने जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख दिनेशप्रसाद खत्रीका अनुसार आगामी वर्षा यामअघि नै उपत्यकामा खानेपानी वितरण सञ्जाल निर्माण गर्न दिनरात गरेर द्रुत गतिमा पाइप बिछ्याउने र पानी पोखरी निर्माण भइरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK