निरुतालाई यसरि सम्झिइन करिश्माले ,फेसबुकमा लेखिन मिस्स यु

ENGLISH

ENTERTAINMENT

निरुतालाई यसरि सम्झिइन करिश्माले ,फेसबुकमा लेखिन मिस्स यु

18 January, 2017 | Bhawana Pathak | 1225 Views | comments

‘दर्पण छायाँ’बाट नेपाली फिल्ममा डेब्यू गरेकी अभिनेत्री निरुता सिंहको समर्थकहरूले खोजी गर्न थालेका छन् । बेजोड अभिनयका कारण चर्चामा रहेकी सुन्दर नायिका निरुताका विषयमा खोजी हुनु स्वभाविक पनि हो ।

karishma-ana-niruta-singh

अभिनेत्री करिश्मा मानन्धरले निरुतालाई फिल्ममा फेरि आउन शुभकामना दिएकी छिन् । उनले निरुताको सम्झना आएको भन्दै राम्री कलाकारको संज्ञा दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अभिनेत्री करिश्माले भनेकी छिन्, ‘लभ यू निरुता । मिस यू । वन अफ द बेष्ट नायिका ।’

अहिलेसम्म विवाह नगरेर बसेकी नायिका निरुता सिंह केसी समय अगाडि मुम्बईमा फिल्म खेल्ने चर्चा पनि थियो । तर त्यो चर्चाका विषयमा आधिकारिक रुपमा कसैले केही बताएका छैनन् ।

दिग्गज निर्देशक तुलसी घिमिरेले निरुतालाई नेपाली फिल्ममा भित्र्याएका हुन् । निरुताले धेरै फिल्म पनि तुलसी घिमिरेकै खेलेकी थिइन् । दक्षिणा, दर्पण छायाँ, अजम्बरी नातालगायतका थुप्रै फिल्म निरुताका स्मरण योग्य छ ।केही अनलाइन पोर्टलहरूसँगको सम्वादमा नायिका निरुताले विवाह गर्ने आफू तयार रहेको तर समय नजुरेको बताउने गरेकी छिन् ।

उनले भन्ने गरेकी छिन्, ‘विवाह गर्ने समय धेरै पहिला भइसकेको हो । विवाह गर्न भनेकी छु । जन्म, विवाह र मरण पहिला नै तय भएको हुन्छ । भगवानले नचाहँदासम्म त्यो पूरा हुँदैन । मेरो पनि विवाह हुन्छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK