नियम विपरीत सरुवा गर्दै मन्त्री, निर्णय उल्ट्याउँदै अदालत

ENGLISH

नियम विपरीत सरुवा गर्दै मन्त्री, निर्णय उल्ट्याउँदै अदालत

14 September, 2017 | Bhawana Pathak | 665 Views | comments

शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियमविपरीत सरुवा गरेको पाइएको छ । दुई वर्ष नपुग्दै कार्यालय प्रमुखलाई काजमा सरुवा गरेपछि उपसचिवहरू न्याय खोज्दै अदालत जान थालेका हुन् । पछिल्लो साता मन्त्रीले सरुवा गरेका आठ जना जिल्ला शिक्षा अधिकारीको सरुवा कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।

अदालतले शुक्रबार जिशिअहरू सोलुखुम्बुका डिकबहादुर राई, कञ्चनपुरका अमर भट्ट, दाङका रमेश मैनाली र दैलेखका विष्णु अधिकारीलाई सरुवा नगर्न शिक्षा मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले मंगलबार तीन उपसचिवको सरुवा पनि कार्यान्वयन गर्न आदेश दिएको छ ।

संखुवासभाका चेतकुमार पोखरेल, बझाङका सूर्यबहादुर सिंह र कैलालीका मानसिंह विष्टलाई सरुवा नगर्न अदालतले आदेश दिएको हो । निजामती ऐनमा कार्यालय प्रमुखलाई अन्यत्र काजमा खटाउन नपाउने व्यवस्था छ । मन्त्री श्रेष्ठले आफ्ना पार्टीनिकटका उपसचिवलाई नियमविपरीत सरुवा गरेपछि उनीहरूले अदालत गुहारेका हुन् ।

‘निवेदक कार्यालय प्रमुख भएको हुँदा निवेदकलाई आधार र कारण उल्लेख नगरी काज खटाइएकाले अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न नगराउन विपक्षीको नाउमा अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ । यो आदेशले मन्त्री श्रेष्ठले धमाधम गलत निर्णय गरिरहेको देखाएको छ । तर, अदालतको आदेश कार्यान्वयन गर्न मन्त्रालयले आनाकानी गर्न थालेको छ ।

‘अदालतको आदेशको अवज्ञा भइरहेको छ,’ एक उपसचिवले भने, ‘केही दिनभित्र काज फिर्ता गरिएन भने अपहेलना मुद्दा हाल्छौं ।’ अदालतको आदेश ल्याएर पुन: जिल्ला फर्कन लागेका उपसचिवहरू दिनहुँ शिक्षा मन्त्रालय जान्छन्, तर पत्र नदिएपछि त्यत्तिकै फर्कने गरेका छन् । एउटा कार्यालयमा सरुवा भएको दुई वर्ष नपुग्दै मन्त्रीले ७० भन्दा बढी उपसचिवको सरुवा गरेका छन् ।

मन्त्रालयमा एउटै शाखामा वर्षौं बसेका उपसचिवलाई सरुवा गर्न खोज्दा भने मन्त्रीका स्वकीय सचिवले रोकेका छन् । ‘जुन शाखामा उपसचिव राख्दा आफूलाई फाइदा हुन्छ, त्यहाँ भने मन्त्रीले सरुवा गरेका छैनन्,’ मन्त्रालय उच्च स्रोतले भन्यो ।
-कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK