निजामती ट्रेड युनियनको नतिजा आजै आउने

ENGLISH

POLITICS

निजामती ट्रेड युनियनको नतिजा आजै आउने

2 June, 2016 | Krishna Adhikari | 540 Views | comments

नेपाल निजामती कर्मचारीको बुधबार साँझ सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनको नतिजा आजै आउने भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै ठाउँको मतगणना सम्पन्न भए पनि पूर्ण विवरण आउन बाँकी रहेको छ ।

Civil Trade Union

६८ जिल्लाको नतिजा आइसकेको छ, प्राविधिक कारणले झापा, चितवन सिरहा लगायतका स्थानको नतिजा आइसकेको छैन, नतिजा आएपछि आजै नतिजा सार्वजनिक हुनेछ । काठमाडौँ उपत्यकाको भने मतगणना सकिइसकेको निर्वाचन कार्यालयले जनाएको छ । कुन सङ्गठनले कति मत प्राप्त ग¥यो भन्ने बारेमा सम्पूर्ण नतिजा नआइसके पनि प्रारम्भिक सूचनाअनुसार नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन प्रथम, नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघ दोस्रो र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती तेस्रो स्थानमा रहेको छ ।

निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदानमा भाग लिएका थिए । निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ । बुधबार सम्पन्न मतदानमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो ।

यो पनि पढ्नुहोस् – विप्लव माओवादीद्वारा बन्दको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK