निखिल र रेखाको भिडन्त टर्यो अहिलेलाई,दशैंमा भिड्दै

ENGLISH

ENTERTAINMENT

निखिल र रेखाको भिडन्त टर्यो अहिलेलाई,दशैंमा भिड्दै

21 January, 2017 | Bhawana Pathak | 945 Views | comments

चैत्र ११ मा एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ रिलिज पक्का हुँदा सोहि मितिमा यो पहिले नै घोषणा गरि सकिएको रेखा थापा स्टारर ‘डायरी’ पनि रिलिज तय थियो । जसले सिंगल थियटरका बादशाह मानिने दुबै कलाकार भिड्ने पक्का हुँदा भिडन्त रोमाञ्चक हुने अनुमान थियो ।

rekha vs nikhil new

अब भने चैत्रमा हुने भनिएको निखिल रेखा भिडन्त टरेको छ । फिल्म ‘डायरी’ रिलिज पोष्टपोण्ड भएको छ । ओपचारिक घोषणा नगरिएपनि यो फिल्म तोकिएको मितिमा नआउने बताइएको छ । उता निर्देशक अनिल योञ्जन विरामी परेको कारण पनि रिलिज सरेको बताइन्छ । तर निर्माण टिम र वितरकबीचको सहमतिमै रिलिज पोष्टपोण्ड भएको श्रोत बताउँछ ।

‘डायरी’ वितरक गोविन्द शाहिले सोहि मितिमा आफुले नै वितरणको जिम्मा लिएको अर्को फिल्म ‘लप्पन छप्पन’ रिलिज तोक्नु नै ‘डायरी’ रिलिज नहुनुको कन्फर्म श्रोत हो ।

तर निखिल र रेखाको भिडन्त भने अब अर्को बर्षको दशैंमा हुने पक्का जस्तै भएको छ । केहि दिन पहिले घोषणा गरिएको फिल्म ‘रुद्रप्रिया’ र निखिलको डेब्यू फिल्म ‘पिँजडा’बाट सापटी लिएर बनाउन लागिएको फिल्म ‘पिंजडा ब्याक अगेन’ दुबै अर्को दशैंको फुलपातीमा रिलिजको घोषणा पछि पुनः रेखा भर्सेज निखिल भिडन्त हुने देखिएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK