नासा एन्माको १३ औ सम्मेलन सार्लोटमा हुने

ENGLISH

NRN GLOBAL

नासा एन्माको १३ औ सम्मेलन सार्लोटमा हुने

31 December, 2016 | Sandeep Bhattarai | 1020 Views | comments

सार्लोटमा नासा एन्माको १३ औ सम्मेलन हुने

दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका नासा र एन्माको १३ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको सार्लोटमा गर्ने निर्याण गरेको छ ।

नासाको २० औ विशेष बैठकले सो निर्णय गरेको हो । संस्थाका अध्यक्ष विमल नेपालको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकमा अध्यक्ष नेपालले बैठकमा स्वगत गर्दै १२ औ सम्मेलनको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । आगामी दुई बर्षका लागि आर्थिक समितिको सदस्य चयनका विषयमा बैठकमा जानकारी गराउनु भएको थियो ।

नासाका महासचिव शिव विष्टद्धारा सञ्चालित सो बैठकमा आगामी नासा र एन्माको १३ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको मुख्य सुन्दर शहरका रुपमा परिचित सार्लोटमा सम्पन्न गर्न यस अघि आएको ग्रेटर सार्लौट नेपलिज एसोसियसनको प्रस्तावलाई सर्वसम्मतिबाट स्वीकार गर्दै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न राजेश सिहलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकमा नासाका कोसाध्यक्ष पशुपति न्यौपाने तथा बोर्ड डाईरेक्टरहरु सतिश गुप्ता र राजेन्द्र अर्यालले सम्मेलन संयोजक छनौटका विषयमा भनाई राख्नु भएको थियो ।

करिब दुई घण्टा सम्म चलेको सो बैठकमा नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्य, उपाध्यक्ष तारा पुन, सहसचिव कृष्ण श्रेष्ठ तथा बोर्ड डाईरेक्टरहरु शुशिल नेपाल, नरेन्द्र बराल, विद्या गुरुड, नमिता घिमिरे, कृष्ण देवकोटा, मनिश शाक्य, भुवन खनाल, डा सुमन सिलवाल, उद्दव कार्की, लगायतले सम्मेलन सफल बनाउने विषयमा विचार व्यक्त गरेका थिए ।

बैठकको अन्त्यमा ग्रेटर सार्लोट नेपलिज् एसोसियसनका प्रतिनिधि तथा नासाको बोर्ड डाईरेक्टर शुशिल नेपालले ग्रेटर सार्लोट नेपलिज् एसोसियसनको आयोजना तथा राजेश सिंहको संयोजकत्वमा सम्मेलन सम्पन्न गर्दाका चुनौति र अवसरका रुपमा ग्रहण गर्दै सम्पुर्ण कार्यसमितिलाई धन्यवाद दिएका थिए । बैठकको समापनमा नासाका अध्यक्ष नेपालले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै उत्तरउत्तर प्रगतिको कामना गर्दै बैठक समापन गर्नु भएको थियो ।

नासाको रजत महोत्सव फूलपातीको दिन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK