नासाको रजत महोत्सव फूलपातीको दिन

ENGLISH

NRN GLOBAL

नासाको रजत महोत्सव फूलपातीको दिन

22 September, 2016 | Sandeep Bhattarai | 1220 Views | comments

अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसिएशन ईन साउथ ईष्ट अमेरिका (नासा) ले आगामी अक्टोबर ८ शनिबारका दिन जर्जियाको एटलान्टामा रजत महोत्सव मनाउने भएको छ ।

नेप्लिज एसोसिएशन ईन साउथ ईष्ट अमेरिका

एटलान्टाको ग्लोबल मलमा रजत महोत्सव कार्यक्रममा संस्थाको २५ बर्षको प्रगति समिक्षा गर्दै आगामी दिनको कार्यक्रम तथा भावी रणनीति तय गर्ने कार्यक्रम रहेको छ । सो महोत्सवमा नेपाली अमेरिकन समाजमा युवाहरुको भुमिको बारेमा कार्यपत्र प्रस्तुत गर्दै व्यपाक छलफल गरिने छ । विभिन्न समयमा संस्थालाई सहयोग पुर्याउने संघ संस्था, संस्थाका गतिविधिलाई महत्वका साथ स्थान दिने सञ्चार माध्यम र सञ्चारकर्मीका साथै पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

रजत महोत्सव कार्यक्रममा नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमका साथै लोकदोहोरीले मनोरन्जन प्रदान गरिने छ । कार्यक्रममा स्थानीय प्रतिभाहरुको विविध मनोरन्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुने छ । कार्यक्रमको समापनमा विभिन्न उपहार कार्यक्रम तथा बृहत रात्रिभोजको आयोजना गरिनेछ । महोत्सवलाई व्यापक बनाउन नासाका अध्यक्ष विमल नेपाल, कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्रााचार्य, उपाध्यक्ष तारा पुन, महासचिव शिब विष्ट, सचिव कृष्ण श्रेष्ठ, कोषाध्यक्ष पशुपति न्यौपाने, कार्यकारी समितिका सदस्यहरु सुशील नेपाल, डा निरोज बस्नेत, कृष्ण देवकोटा, गजेन्द्र अर्याल, गीर्वाण पाण्डे, नेप्लिज एसोसियसन अफ जर्जिया (नाग)का अध्यक्ष दामु डंगोल, उपाध्यक्ष केशब शर्मा, कुमार केसीलगायत तयारीमा जुटेका छन । सो रजत महोत्सवका अवसरमा सस्थाको २५ बर्षका गतिविधि समावेस गर्दै स्मारिका प्रकाशन गरिने छ ।

नासाको रजत महोत्सब नेप्लिज एसोसिएशन अफ जर्जिया (नाग) को संयोजनमा हुन लागेको हो । सोहि दिन दशैंतिहार शुभकामना साँझमा लोक दोहोरीतर्फ सुमन बुढामगर र संगीता थापामगरका साथै आधुनिकतर्फ लोकेश गुरुड र स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ ।

बर्क्ली मकालु लायन्स क्लबले दसैंमा नृत्य प्रतियोगिता गर्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK