नासाको अध्यक्षमा बिष्टको उम्मेदवारी घोषणा

ENGLISH

NRN GLOBAL

नासाको अध्यक्षमा बिष्टको उम्मेदवारी घोषणा

30 May, 2017 | Sandeep Bhattarai | 525 Views | comments

शिव विष्ट

अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१७ देखि २०१९ को लागि अध्यक्षमा हालका महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका उम्मेदवार विष्टले संस्थामा आवद्ध विभिन्न व्यक्तित्व र पदाधिकारीहरुको परामर्शका आधारमा उम्मेदवारी घोषणा गरिएको बताएका छन् ।वर्तमान महासचिव विष्टले अध्यक्षको उम्मेवारी घोषणासंगै संस्थालाई हाँक्नका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेका हुन् ।

विभिन्न कार्ययोजनाहरुमा विष्टले संस्थाको गरिमालाई अझ शसक्त बनाउन नासाको कार्यक्षेत्रमा रहेका स्थानीय संघ संस्थाहरुलाई एकत्रित गरी विविध सामाजिक कार्यक्रमहरु सन्चालन गर्ने, नासाको सम्पर्क कार्यलय ६ महिना भित्र स्थापना गर्ने, नेपाल र प्रवासमा रहेका नेपालीहरुको पिरमर्कालाई राहत दिनका दिनका लागि निर्वाचित भएको ६ महिनाभित्र आकस्मिक कल्याणकारी कोष स्थापना गर्ने, नेपाली भाषा , कला र सस्कृतिको प्रवर्द्धनका लागि हरेक बर्ष नेपाल फेस्टिवल संचालन गर्ने , विभिन्न राज्यहरुमा कम्यूनीटि सेन्टर स्थापनाका लागि पहल गर्ने, नेपालको पर्यटन पर्वद्धनका लागि अमेरिकामा नेपालको स्थानीय विषय वस्तुहरुको प्रचारप्रसार गर्ने योजनाहरु अघि सारेका छन् ।

त्यसैगरी नेपाल र अमेरिकाको सम्वन्ध स्थापित गर्न पहल गर्ने , शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न परियोजनाहरु संचालन गर्ने, अमेरिकामा रहेका युवाहरुको ज्ञान सीपलाई नेपालका लागि योगदान दिन सक्ने वातावरणको लागि नेपाल सरकारसंग पहल गर्ने, संस्थाको आर्थिक पारदर्शिता र सुचना प्रवाहमा विशेष ध्यान दिने र नासाले आफ्नो साधारण र आजिवन सदस्यलाई परिचय पत्र वितरण गर्ने योजना अघि सादै सबैको सहयोग र सद्भावको अपेक्षा गरेका छन् ।

नासा र आन्माको १३ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको सार्लोटमा आगामी सेप्टेम्बर १ देखि ३ तारिखमा आयोजना हुँदै छ । महासचिव विष्टले हालको कार्यसमितिमा पनि विशेष योगदान दिएकाले कार्यसमितिमा प्राय सबैले उहाँको उम्मेदवारीलाई समर्थन गर्न सक्ने अनुमान गरिएको छ ।

नासा र एन्माको १३ औ संयुक्त सम्मेलन सार्लोटमा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK