नारीवादको फिल्म क्षेत्रमा स्थान छैन

ENGLISH

ENTERTAINMENT

नारीवादको फिल्म क्षेत्रमा स्थान छैन

30 September, 2015 | Bipin Acharya | 645 Views | comments

‘ओस्कार अवार्ड विजयी नायिका म्यारिओन कोटिलार्डले हलिउडमा नारीवादको कुनै स्थान नरहेको जिकिर गरेकी छन् । उनलाई ‘नारीवाद’ ले झनै पुरुष र महिलाबीचमा विखण्डन ल्याउने लाग्दो रहेछ । एक म्यागाजिनसँगको अन्तरवार्तामा नायिका म्यारिओनले यस्तो बताएकी हुन् ।

फिल्म मेकिङ भनेको लैंगितकताका लागि हैन,’ ३९ वर्षीया नायिकाले थपिन्, ‘यसका लागि तपाईं कान्स वा त्यस्तै फिल्म फेस्टिभलमा पाँच फिल्म पुरुष र पाँच फिल्म महिलाले नै निर्देशन गरेका राखिनुपर्छ भनेर राष्ट्रपतिलाई गएर भन्न सक्नुहुन्न ।’

nayika

त्यसो त कान्सलाई डाइभर्सिटी हुन नसकेको आरोप लाग्दै आएका बेला उनले उक्त उदाहरण दिँदै फिल्म क्षेत्रमा नारी अधिकारका वकालत गर्नु बेकार हुने टिप्पणी गरेकी हुन् । ‘मेरो लागि त यस्ता अभियानले समानता ल्याउँदैन,’ नारीवादीको मुद्दाप्रति खरो उत्रिएकी म्यारिओनले भनिन्, ‘बरु नारीवादी सम्बन्धी यस्ता अभियानले झन् दूरी बढाउँछ । म आफैंले आफैंलाई त नारीवादी भन्न र देखाउन रुचाउँदिनँ ।’

तर नायिकाले नारीवादी हुनुमा विरोध गरे पनि नारी अधिकारका बारेमा भने लड्न आवश्यक रहेकोमा पनि उत्तिकै जोड दिन्छिन् । ‘यत्ति हो, अधिकारको कुरा गर्दा झन् पुरुषप्रति द्वेष फैलाउने र दूरी बढाउने हर्कत क्षम्य हुँदैन । एक त हामीलाई प्रकृतिले पहिल्य नै अलग बनाइदिएको छ किनभने हामी महिला र पुरुष चाहेर पनि समान हैसियतका हुनै सक्दैनौं । र, यही विविधता र भिन्नता नै प्रेम र सृजनाको लागि ऊर्जा बन्नुपर्छ ।

न कि नारीवादी सोचका कारण झन् विग्रह र दूरी हैन,’ ‘इन्सेप्सन’, ‘मिडनाइट इन पेरिस’ जस्ता सफल फिल्मकी फ्रेन्च नायिका म्यारिओनले दार्शनिक अभिव्यक्ति दिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लव’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK