नायिका बेनिशा हमालले धोका दिइन राप्रपालाई

ENGLISH

ENTERTAINMENT

नायिका बेनिशा हमालले धोका दिइन राप्रपालाई

14 February, 2017 | Bhawana Pathak | 705 Views | comments

पूर्वपञ्चहरूको पार्टी भनेर आरोप लाग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा नायिका बेनिशा हमाल प्रवेश गर्ने भनेर व्यापक प्रचार–प्रसार गरिए पनि अन्तिम समयमा धोका दिएकी छिन् ।

RPP-Ka-Kalakar

राप्रपाभित्रको आन्तरिक कलह र द्वन्द्वले गर्दा वेनिशा राप्रपामा प्रवेश नगरेकी हुन् । उनलाई राप्रपामा प्रवेश गराउने भनेर फिल्म मेकर एवम् वितरक प्रदीप उदयले कुराकानी गरेका थिए । ‘प्रदीप उदयले बेनिशा हमालसँग कुरा गरेर राप्रपामा प्रवेश गराउने कुरा ठीक्क थियो’, स्रोतले भन्यो, ‘प्रकास सुवेदी ‘भाइरस’का कारण सबै कुरा बिथोलियो ।’फिल्म मेकर उदयलाई धेरै कलाकारले मन पनि पराउँछन् । उनले लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा आफ्नो दरिलो उपस्थिति बनाउँदै आएका छन् ।

सोमबार नयाँबानेश्वरस्थित एक होटलमा कलाकारहरूलाई राप्रपा प्रवेश गराउने कार्यक्रम सुवेदीले राखेका थिए । उनको कार्यक्रमलाई खल्लो बनाउकै लागि राप्रपाभित्र षड्यन्त्र भएको स्रोतको भनाइ छ ।व्यवस्थापन र आन्तरिक द्वन्द्वले बेनिशासहितका थुप्रै नाम चलेका कलाकार कार्यक्रममा नआएपछि राप्रपाका अध्यक्ष कमल थापा चकित परेका थिए ।

प्रकाश र उदयबीचको व्यक्तिगत टकरावका कारण उदय निकट धेरै कलाकारहरू राप्रपामा प्रवेश नगरेको स्रोतको भनाइ छ । सोमबार पार्टी प्रवेश नगरेका कलाकारहरू केही समयपछि फेरि प्रवेश गर्ने तयारीमा छन् ।

‘कलाकारहरूलाई क–कसले राप्रपामा भित्र्याउने भन्ने विषयमा प्रकाश सुवेदी, प्रदीप उदयबीच टकराव देखियो’, स्रोतले भन्यो, ‘प्रकाश सुवेदीसँग भन्दा धेरै कलाकार र राम्रा कलाकार प्रदीप उदयसँग नजिक छन् । प्रदीप उदयसँग सल्लाह नै नगरेर प्रकाशले कार्यक्रम राखेकाले बेनिशा हमालसहितका नाम चलेका अहिलेका कलाकार आएनन् ।’

हुन पनि सोमबारको पार्टी प्रवेश कार्यक्रममा मदनदास श्रेष्ठ, रविन्द्र खड्का, रामचन्द्र अधिकारी र फिल्म मेकर क्रिशा चौलागाइँबाहेक राम्रा र नाम चलेका कुनै पनि कलाकार देखिएका थिएनन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK