नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

ENGLISH

ENTERTAINMENT

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

25 September, 2017 | Kunjar Bhattarai | 1265 Views | comments

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान गरेका छन् । संसारभरीका करीब ४० देशका प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गर्दै दिक्पाल फिलिपिन्स प्रस्थान गरेका हुन् ।

फिलिपिन्सको मनिला शहरमा हुन लागेको ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ मा उनले करीब १२ दिनसम्म आफ्नो प्रतिभा देखाउनेछन् । प्रतियोगीतामा उनले फोटोसुट, ¥याम्पवाक, स्पोट च्यालेन्ज, स्पिच कम्पिटिसन लगायतमा राउन्डहरु हुँदै फाइनलका लागि भिडन्त गर्नेछन् । दीक्पालले ‘मिष्टर ग्राण्ड इन्टरनेशनलको विजेत भएर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताए ।

‘रंग बैजनी’ र ‘च्याम्पियन’ फिल्ममा समेत अभिनय गरिसकेका दिक्पाल यसअघि मिष्टर काठमाडौं (२००९), म्यानहन्ट इन्टरनेशनलको रनर्स अप (२०१२), मिष्टर ग्लोवल नेपालका विजेता (२०१६) हुन् । उनले मिष्टर ग्लोवल २०१६ मा थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै छैठौं स्थानमा आफूलाई उभ्याएका थिए । उनलाई ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’ का लागि ड्रिम्स सर्च स्टूडियोका सञ्चालक कमल निकोन क्षेत्रीले फिलिपिन्स पठाएका हुन् ।

एक्सपोज नेपाल, इभेन्ट्स नेपाल, स्कूल अफ व्यूटिशियन, बानेश्वर जिम लगायतका संस्थाहरुले ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि उनलाई सहयोग गरेका छन् । उनले चर्चित डिजाइनरहरु मनिष राई, कमल मानन्धर, लक्ष्मी गिरी, मञ्जु बन्जरा ढकाल लगायतले तयार पारेका पोशाकहरु ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’मा प्रस्तुत गर्नेछन् ।

च्याम्पिएन’को ट्रेलर सार्वजनिक, चलचित्रमा क्रिकेटरको संघर्ष र सफलताको कथा

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK