नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी

ENGLISH

POLITICS

नवलपरासीका देवचुली नगरपालिकामा काँग्रेस विजयी

18 May, 2017 | Bhawana Pathak | 490 Views | comments

नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ६९ मत अन्तरले विजयी हुनुभएको छ । यसैगरी उपप्रमुखमा भने नेकपा (एमाले) की उम्मेदवार पार्वती तिवारी ३५९ मत अन्तरले विजयी हुनुभएको छ ।

आठ हजार ५७९ मतसहित प्रमुख पदमा काँग्रेसका श्रेष्ठ विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि न्यौपानले आठ हजार ५१० मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले) की उम्मेदवार तिवारी आठ हजार ७५१ मतका साथ विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी लक्ष्मी बस्ताकोटीले आठ हजार ३९१ मतमा चित्त बुझाउन परेको थियो ।

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा तहका निर्वाचनमध्ये हालसम्म पाँच वटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ ।

जसमध्ये चारवटै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् भने मतगणना पूरा भएको देवचुली नगरपालिकाको प्रमुखमा पनि नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । यसअगावै बुलिटार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी भइसकेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK