नर्बेमा बालबालिकाको सहयोगार्थका लागि नेपाली फिल्म प्रदर्शन हुने

ENGLISH

NRN GLOBAL

नर्बेमा बालबालिकाको सहयोगार्थका लागि नेपाली फिल्म प्रदर्शन हुने

17 March, 2016 | Bipin Acharya | 495 Views | comments

नेपालको ग्रामीण श्रेत्रमा रहेका पिछडिएका बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउनको निम्ति नर्वेमा नेपाली फिल्म प्रदर्शन हुने भएको छ । नर्वेमा बासोबास गर्दै आएका नेपालीहरुको सामाजिक संस्था हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेले उक्त प्रदर्शन गर्न लागेका हुन् ।

बजारमा निकै चर्चा बटुलेको फिल्म ‘पशुपति प्रसाद’ यही मार्च महिनाको २७ तारिकमा ओस्लोको विल्हेम व्यार्के भवनमा प्रदर्शन गर्ने भएको छ । सन् २०१३ मा स्थापित यस संस्थाले यसअघि पनि भूकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेका थिए ।

नर्वेबासी नेपालीहरुले नेपालमा शिक्षाको स्तर सुधारउन्मुख भए पनि विकट र ग्रामीण भेगमा रहेका विद्यार्थीहरु र विद्यालयहरुका आर्थिक अवस्था राम्रो नभएको कारण विभिन्न भौतिक तथा शैक्षिक सामग्रीको अभावमा स्तरीय पठनपाठन नभएकोमा चिन्ता व्यक्त गर्दै अर्थ संकलन गरी सहयोग गर्ने निर्णय गरेका हुन् ।

हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेका अध्यक्ष गोरख चन्दले फिल्म प्रदर्शनीबाट संकलित सम्पूर्ण रकम बालबालिकाको शिक्षामा सहयोगार्थ नेपाल पठाइने बताए । चन्दले उक्त प्रदर्शनबाट करिब तीनदेखि चार लाख नेपाली रुपैया संकलन हुने विश्वास व्यक्त गरेका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK