नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

ENGLISH

NRN GLOBAL

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

शिव बिष्ट,नर्थ क्यारोलिना

18 August, 2017 | Sandeep Bhattarai | 2465 Views | comments

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको निर्माणार्थ संचालन गरेको श्रीमद् भागवत गीता महापुराणको तेस्रो दिन सम्ममा करिब एक लाख चालिस हजार डलर संकलन भएको कुरा संस्थाका निवर्तमान सभापति डा. नारायण खड्काले बताउनु भएको छ l

सुप्रसिद्ध वाचन प्रवीण दिनवन्धु पोख्रेलज्युको मुखारबिन्दबाट प्रवचन भैरहेको भागवत महापुराणको कथा श्रवण गर्न हरेक दिन भक्तालुहरुको भिड लागिरहेको कुरा संस्थाकी सभापति सन्त्वोना खड्काले बताउनु भयो l दुइ बर्ष भित्र नेपाल हेरिटेज सेन्टर निर्माण गर्ने योजनाका साथ शुभारम्भ गरिएको महापुराण सप्ताहमा उपस्थित दानवीरहरुको सहयोगले समुदायको सपना चाडै पुरा हुनेमा आफु विश्वस्त रहेको कुरा महापुराण मूल आयोजक समितिका संयोजक प्रशिम पौड्यालले बताउनु भयो l

संस्थाका सस्थापक सभापति बशन्त खड्काका अनुसार सात दिनसम्म संचालन हुने सो महापुराणमा सहभागी हुन जर्जिया , साउथ क्यारोलिना , टेनेसी लगाएतका राज्यहरुबाट समेत नेपालीहरु आउने क्रम बढेकोले आफ्नो सबै कामकाज छोडेर सयौ स्वयं सेवकहरु अहोरात्र खटिरहेको कुरा जानकारी गराउनु भयो l करिब पाँच लाख संकलन लक्ष्य रहेको सो महापुराण आगामी आइतवार समापन हुदैछ l

महापुराणमा पण्डित दिनबन्धु पोखरेलको साथमा उहाँको ममतामयी मुमा लगाएत योगगुरु खडानन्द सापकोटा नेपालबाट आउनु भएको छ l

न्युयोर्कमा दुर्गा मन्दिर निर्माणार्थ श्रीमद भागवत महापुराण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK