नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

ENGLISH

NRN GLOBAL

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

26 April, 2018 | Kabi Adhikari | 1235 Views | comments

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा अप्रिल २१, २०१८ का दिन नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ।

nepal-diwas

स्थानीय नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन सी) को आयोजना र अमेरिकास्थित नेपाली दुतावास र अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा क्रियाशील नेपाली मूलका संघसंस्थाहरूको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। नेपालको सांस्कृतिक विविधता झल्किने गरी विभिन्न भेषभुषामा सजिएका करिव सात सय पचास जति नेपाली मूलका र अन्य समुदायका व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए।

तीन चरणमा बाँडिएको कार्यक्रमको पहिलो चरणमा स्थानीय सिडरफोर्क सामुदायिक भवनदेखि चर्चस्ट्रिट पार्कसम्म सांस्कृतिक झाँकीसहित परेड प्रस्तुत गरिएको थियो। झाँकीमा नेपालको विविध सांस्कृतिक परिचय झल्कने गरी गौतम बुद्ध, शिव, पार्वती आदिको स्वरुपमा सजिएका कलाकारहरूले दर्शकको ध्यान तानेका थिए भने सहभागीहरूले पनि नेपालको उत्तरदेखि दक्षिण र पुर्बदेखि पश्चिमसम्मको विभिन्न परम्परागत जातजातिको प्रतिनिधित्व हुनेगरी पोशाकमा सजिएर विविधतामा एकताको संदेश प्रबाह गरेका थिए। परेड चर्चस्ट्रिट पार्कमा पुगेपछि सभामा परिणत भएको थियो। नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा संचालित नेपाली पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली र अमेरिकी राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र अमेरिकी सरकारका विभिन्न तहका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

एन सी एन सीका बोर्ड अफ ट्रष्टी तथा नेपाल दिवस कार्यक्रमका सहसंयोजक डा ठाकुरबाबु कार्कीले मोरिस्भिलमा यस बर्ष दोस्रो नेपाल दिवस मनाउन लागिएको उल्लेख गर्दै नेपाल दिवसलाई मोरिस्भिल टाउनबाट विधिवत घोषणा गरी स्थापित गराउनको लागि भएका एतिहासिक प्रयासहरू स्मरण गराउंदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे।

nepal-diwas-1

मोरिसभिल टाउनका पुर्व मेयर मार्कले एक लिखित संदेश मार्फत नर्थ क्यारोलाइनालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा धनि बनाउन नेपाली मूलका समुदायको महत्वपूर्ण भूमिका रहेको र त्यसैको सम्मानस्वरुप मोरिसभिल टाउनले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा घोषणा गरेको स्मरण गराए। कार्यक्रममा नर्थ क्यरोलाइनाका सिनेटर जय चौधरी, वेक काउन्टीकी कमिस्नर जेसिका होल्म्स, मोरिस्भिलका मेयर टि जे कवली, मोरिस्भिलका काउन्सिल मेम्बर स्टिभ राव लगायतले नर्थ क्यरोलाइनामा नेपाली समुदायको पहिचान उच्च रहेको र आफ्नो सांस्कृतिक पहिचान जोगाइराख्न नेपाल दिवस जस्ता कार्यक्रम फलदायी हुने बताए।

कार्यक्रममा कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यम श्रेष्ठद्वारा प्रस्तुत लाखे नृत्य र आशा कार्कीद्वारा प्रस्तुत मन्जुश्री नृत्यले दर्शकहरूलाई अमेरिकामा पनि नेपाली मौलिक संस्कृति हेर्न पाउँदा नेपाल नै पुगेको आभास भएको थियो भने अन्य गीत र नृत्यहरूले सबैलाई आनन्दित पारेको थियो। कार्यक्रम स्थलमा नासियाको संयोजनमा नेपाल चिनाउने विभिन्न कलात्मक र सांस्कृतिक गरी एक सय बस्तुहरूले सजिएको स्टल पनि सबैको आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव बिक्रम गौतम, नेपाली स्कूलका संचालिका सुजाता ढुंगेल एवं संस्थाका सदस्य जितमान बस्नेतले गरेका थिए। – नागरिक दैनिकबाट । 

अमेरिकामा नेपाल दिवस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK