नरेन्द्र प्यासी सान फ्रान्सिस्कोमा अभिनन्दित

ENGLISH

NRN GLOBAL

नरेन्द्र प्यासी सान फ्रान्सिस्कोमा अभिनन्दित

27 December, 2016 | Sandeep Bhattarai | 1440 Views | comments

नरेन्द्र प्यासी

ख्यातीप्राप्त वरिष्ठ संगीतकार तथा अद्वितीय स्वरका धनी, पिन्स अफ मेलोडी नरेन्द्र प्यासीलाई सान फ्रान्सिस्को बे एरियाका नेपाली समुदायले अभिनन्दन गरेका छन् ।

उहाँलाई बिगत ४ दशक देखि अबिछिन्न रुपमा नेपाली संगीत र गायन सेवामा अदितिय योगदान पुर्याए बापत नागरिक अभिनन्दन गरिएको हो। नरेन्द्र प्यासीले छिन्नलता पुरस्कार, एन ए जि सि प्रिन्स अफ मेलोडी अवार्ड, उत्कृष्ट संगीतकार अवार्डहरु र धेरै पटक उत्कृष्ट स्वरको उपाधी जिती सक्नु भएको छ। नेपाली समुदायमा मात्र नभई भारतीय र पाकिस्तानी समूदायकामाझ पनि उत्तिकै लोक प्रिय तथा सम्मानित हुनुहुन्छ। केही बर्ष अगाडि अमेरिकाको ऐतिहासिक शहर बोस्टनमा खुला हिन्दी गायन प्रतीयोगिता सारेगममा भारतीय प्रतियोगिहरुलाई समेत पछि पारी सर्वोत्कृष्ट उपाधी हासिल गर्नु भएको थियो।

गत शुक्रबार डिसेम्बर २३, २०१६ मा प्रोडक्सन हाउसको निमन्त्रणामा नरेन्द्र प्यासी गजल नाइट्मा सहभागि हुन आउनु भएका प्यासी भोलिपल्ट डिसेम्बर २४, २०१६ मा मणी नेपाली पनेरु तथा परिवारको क्रिसमस पार्टीमा सरिक हुनु भएको थियो। प्यासी पनेरु परिवारका एक सम्मानित पारिवारिक मित्र हुनुहुन्छ। प्यासिलाई सोही अवसरमा एक छुट्टै अर्ध अनौपचारिक समारोहमा अभिनन्दन गरिएको हो।

सो अभिनन्दन समारोहको संयोजन नेपाली अमेरिकि परिवारहरुको सन्जाल द्वारा गरेको हो। सो सन्जालका संयोजक सम्मानित समाजसेवी उत्तम कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो थियो भने, प्रमुख अतिथिको रुपमा नेपाली काङ्रेस गोरखाका युवा नेता तथा जिल्ला कार्य समितिका सचीव नन्दु प्रशाद न्यौपाने सरीक हुनुहुन्थ्यो। त्यसै गरी नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय बरीष्ठ उपाध्यक्ष धनन्जय नर सिंह के सि, नदर्न क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानिया विशिष्ठ अतिथिको रुपमा सहभागी हुनु भएको थियो। अन्य गेस्ट अफ अनरको रुपमा वरिष्ठ समाजसेवीहरु राजेन थापा, अनिल पाण्डे, गोबिन्द शाही लगायत हुनुहुन्थ्यो।

सो अवसरमा कार्यक्रम संयोजक हेमा पनेरुले अभिनन्दित व्यक्तित्व नरेन्द्र प्यासीलाई दोसल्ला ओडाउनु भएको थियो भने अभिनन्दन पत्र बन्दना दाहालले पढेर सुनाउनु भएको थियो। सो अवसरमा प्रमुख अतिथी नन्दु प्रशाद न्यौपाने, सभापति, उत्तम कार्की, एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँ तथा एनएजिसि अन्तरराष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले क्रिश्मस तथा नयाँ बर्ष २०१७को शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रम सँयोजक हेमा पनेरुले धन्यवाद ज्ञापन गर्नुभएको थियो। सो सङ्क्षिप्त अभिनन्दन कार्यक्रम पछि नरेन्द्र प्यासीले आफ्ना उत्कृष्ट गीतको प्रस्तूतीले सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो भने सहभागीहरुले लोक दोहोरी, डि जे तथा सामुहिक नाचहरुमा रमाउँदै मध्य रात पश्चात क्रिसमसको शुभकामना आदान प्रदान गर्दै नयाँ बर्ष २०१७ को समेत अग्रिम शुभकामना साँटासाँट गरेका थिए।

युएईमा नेपाली म्युजिक भिडियो छायांकन हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK