नयाँ वर्षको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

ENGLISH

POLITICS

नयाँ वर्षको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

14 April, 2017 | Bipin Acharya | 1130 Views | comments

राष्ट्रपति विद्यावेदी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

naya naya

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी नयाँ वर्षको अवसरमा जारी गर्नुभएको शुभकामना सन्दैमा “राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको हुँदा हाम्रो देशमा भएको प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएको छ”– सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला भएकाले सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा भनिएको छ,–“लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिले हाम्रो प्रमुख कार्यभार भएकाले यसको सुदृढीकरणमा सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षा गर्दछु ।” राष्ट्रपति भण्डारीले नयाँ जोश, उमङ्ग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष २०७४ ले खुसीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै शुभकामना प्रकट गर्नुभएको छ ।

उपराष्ट्रपतिद्वारा शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिनुहुँदै २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् भनी कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत ‘आफ्नो भाग्यको फैसला आफैँ गर्ने’ स्थानीय तहको निर्वाचनमा सहभागी भएर लामो सङ्घर्षपछि प्राप्त अधिकारको प्रयोग गर्न कोही पनि वञ्चित हुनु हुन्न भन्नुभएको छ ।

सन्देशमा उहाँले राष्ट्रको समुन्नति, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा नयाँ सुःख, शान्ति, सु–स्थास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०७४ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज शुभकामना सन्देश जारी गरी “नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीले २०७३ साल केही उपलब्व्धिका दृष्टिले अविस्मरणीय हुनुका साथै एकात्मक र केन्द्रीकृतरुपमा लामो समयदेखि प्रयोग हुँदै आएका राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई जनताको घरदैलोमा पु¥याउने दिशामा स्थानीय तहको पुनःसंरचना गर्न सफल रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

विसं २०७३ मा विकराल रुप लिँदै गइरहेको ऊर्जा समस्यालाई समाधान गरी केही सहरहरूमा विद्युत्भार कटौतीको अन्त्य गरी इच्छाशक्ति र निष्ठा भए छोटो समयमा पनि जनतालाई प्रत्यक्ष छुने गरी केही गर्न सकिन्छ भन्ने प्रमाणित भएको प्रधानमन्त्रीको भनाइ छ ।
सन्देशमा भनिएको छ,–“वैदेशिक रोजगारमा रहेका लाखौँ नेपाली दाजुभाइ दिदीबहिनीको सुरक्षाका लागि म्यादी जीवन बिमा सुरुवात गरी महत्वपूर्ण नीतिगत सुरुवात ग¥यौँ ।”

“चौविस वर्षयताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल हुनु पनि २०७३ को एउटा महत्वपूर्ण उपलब्धि नै हो, यी उपलब्धि हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु”–प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नयाँ वर्षले नेपाली जनताले हालसम्म गरेका सङ्घर्षको परिणामस्वरुप प्राप्त संविधानको सफल कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित गर्ने जिम्मेवारी हामी सबैलाई दिएको प्रधानमन्त्रीको भनाइ छ । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गर्न सम्बद्ध सबैमा प्रधानमन्त्रीले विशेष आह्वान गर्नुभएको छ ।

निर्वाचनमा सक्रियरुपमा भाग लिएर ऐतिहासिक अवसरको उपयोग गर्न सम्पूर्ण मतदातामा आह्वान गर्नुका साथै प्रधानमन्त्रीले संविधानले तोकेको समयसीमाभित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व पूरा गर्न सरकार लागिरहेको सन्देशमार्फत जानकारी दिनुभयो ।

सरकारले २०७४ मा सङ्घीयता कार्यान्वयनका आवश्यक नीति, ऐन, कानुन तर्जुमा र संस्थागत पूर्वाधारको सिर्जना र अनुकूल राजनीतिक वातावरण सिर्जना गर्ने कामलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता गर्नुभयो ।

प्रधामन्त्रीले नव वर्षले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गर्नुका साथै सबै समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK