नयाँ बर्षमा अष्ट्रेलियामा तीन सांगीतिक टोली

ENGLISH

NRN GLOBAL

नयाँ बर्षमा अष्ट्रेलियामा तीन सांगीतिक टोली

30 March, 2016 | Sandeep Bhattarai | 645 Views | comments

नेपालीहरुको नयाँ बर्षको अवसर पारेर सांगितिक प्रस्तुती प्रस्तुत गर्न नेपालका कलाकारहरुको तीन टोली सांगीतिक यात्रामा अष्ट्रेलिया आउने भएको छ ।

karna

रुपन्देहीमा रहेको अपांग बिद्यालय र अनाथाश्रमका लागि सहयोग संकलन गर्ने उद्देश्यले रुपन्देही समाजको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रममा गायक यम बराल, सनुप प्रसाई र आकांक्षा बस्याल अष्ट्रेलिया आउदैछन भने सिल्भर स्क्रिन, जेनेरेशन मिडिया र द टिमको आयोजनामा गायक कर्ण दाश सहितको टोली आउँदैछ । यसैगरि मगर समाजले समेत केनुङ फेस्टको उपलक्ष्यमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा गायक राजु गुरुङ र गायिक रीता थापामगर समेत यहाँ आउदैछन् ।

गायक बराल सहितको प्रस्तुति सिड्नी र एडिलेडमा हुनेछ भने कर्ण दासले सिड्नी, मेलबर्न र एडिलेडमा प्रस्तुति दिदैछन् । कार्यक्रमका आयोजकहरुले नयाँ बर्षको उपलक्ष्यमा आयोजना गरिने भएकाले कार्यक्रमहरु अन्य सहरहरुमा समेत प्रस्तुत हुने जानकारी दिएका छन् । पछिल्लो समयमा नेपालीहरुको चाडपर्व तथा नयाँबर्षमा नेपालका चर्चित कलाकारहरु ल्याएर कार्यक्रम गर्ने प्रचलन बढेसँगै यसबर्ष समेत यी कलाकारहरुले अष्ट्रेलियाका विभिन्न सहरहरुमा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

यम बराल सहितको टोलीको सांगितिक कार्यक्रम अप्रिलको ९ तारिखदेखि सिड्नीबाट शुरु हुनेछ भने कर्ण दासको प्रस्तुति अप्रिलको २२ तारिखमा सिड्नीबाटै शुरु हुदैछ । गायक दासको कार्यक्रम भने सिड्नीमा रहेको अन्तराष्ट्रिय स्तरको कार्यक्रमस्थल पारामाटा रिभरसाइड थिएटरमा हुने कार्यक्रम संयोजक अशोक तिम्सिनाले जानकारी दिए । पैसा कमाउने भन्दा पनि कलाकारहरुलाई इज्जत दिने उद्देश्यका साथ आफुहरुले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम स्थल चुनेको उनले दाबी गरे । उनले कार्यक्रमबाट उठेको केही रकम वि टिम नामक संस्था मार्फत नेपालको दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरुको शिक्षामा खर्च गरिने समेत बताए ।

अष्ट्रेलियामा यस पहिल्यै पनि अभिनेता राजेश हमाल, महजोडी, दीपक दीपा, तक्मे बुढा, यश कुमार, अनिल सिंह। आस्था राउत लगायतका कैयौं कलाकार तथा गायकगायिकाहरु कार्यक्रम प्रस्तुतीका लागि अष्ट्रेलिया आइसकेका छन् ।

कान्तिपुर दैनिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK