नयाँ कार्यक्रमका लागि ३०० अर्बको बजेट माग

ENGLISH

BUSINESS

नयाँ कार्यक्रमका लागि ३०० अर्बको बजेट माग

23 February, 2017 | Krishna Adhikari | 995 Views | comments

finance-ministry-bizmandu11रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ ।

व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख मधु मरासनीले सो सुझाव प्रस्तुत गर्नुभएको हो ।
उहाँले भन्नुभयो– “ खर्च नभएको अवस्था छ भने अर्काेतिर धेरै सङ्ख्यामा नयाँ कार्यक्रमका लागि ठूलो परिमाणमा बजेट माग भई आएको छ ।

अहिलेसम्म झन्डै तीन सय अर्बको नयाँ कार्यक्रमका लागि रकम माग भई आएको छ, हामी बजेट बनाउँदा कुन कार्यक्रमलाई प्राथमिकता दिने हो भन्नेमा चुकिरहेका छौं, कि भन्ने जस्तो भएको छ, यद्यपि मन्त्रालयले बजेट सम्बन्धी नियमको परिधिभित्र रहेर प्राथमिकता र आवश्यकताका आधारमा मात्रै रकमान्तरको लागि स्वीकृति दिने गरेको छ ।”

बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको बजेट समेत रकमान्तर गरिएको भनी आपत्ति प्रकट गर्दै सरकार फेरिने वित्तिकै विकासका प्राथमिकता बदल्ने सोचले मुलुकलाई कहिले पनि समृद्ध तुल्याउन नसकिने धारणा व्यक्त गरेका थिए ।

दक्षिण एसियाली पूर्वाधार, मदन–आश्रित प्रतिष्ठान तथा पर्यप्रवद्र्धन शीर्षकमा विनियोजन भएको बजेट रकमान्तरको लागि प्रयास भइरहेको भनी प्रतिपक्ष दलका सांसदले आपत्ति जनाउँदै राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन गरेर खर्च बढाउने काम गर्न सुझाव दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK