नयाँ एक दिवसीय लिगमा नेपाल सम्भावित १३ औं राष्ट्रको सूचीमा

ENGLISH

SPORTS

नयाँ एक दिवसीय लिगमा नेपाल सम्भावित १३ औं राष्ट्रको सूचीमा

19 June, 2016 | Sandeep Bhattarai | 770 Views | comments

NepalSupportcricket1-1

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी(ले नेपाली क्रिकेटलाई लाभ पुग्ने गरी विश्व क्रिकेटको नयाँ खेलको अबधारणा अघि सर्दै आइरहेको छ ।

जुन १ मा मात्रै आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनले क्रिकेट प्रतियोगिता १० राष्ट्रको मात्र खेल नभई आइसीसीसंग सम्बन्धित सबै राष्ट्रको खेल भएकाले उनीहरुलाई पनि अवसर दिनु पर्ने बताएका थिए । उनले नेपाल, क्यानडा अफगानिस्तान अमेरिका जस्ता एसोसियट राष्ट्रहरु पनि सक्षम रहेको भन्दै उनीहरुलाई पनि समेत टेस्ट मान्यता दिनुपर्ने प्रस्ताव गरेका थिए ।

त्यो प्रसंग सेलाउन नपाउँदै आईसीसीले क्रिकेट विकासको लागि पुनः नयाँ अवधारणा र योजना सार्वजनिक गरेको छ । आईसीसीले अब विश्वका टप १३ राष्ट्रलाई समेटेर एकदिवसीय लिग खेलाउने निर्णय गरेको छ । क्रिकेटको अधिकारिक वेभ साइट क्रिक इन्फोले जनाए अनुसार आईसीसीले सन् २०१९ मा १० टेष्ट राष्ट्र सहित एसोसियट राष्ट्रमा आउने शिर्ष तीन राष्ट्रलाई समेटेर एकदिवसीय लिग खेलाउने प्रस्ताव राखेको छ ।

टेष्ट बाहेकका राष्ट्रमा अफगानिस्तान र आयरल्याण्ड छन् भने नेपाललाई सम्भावित राष्ट्रको रुपमा राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरे पनि आईसीसीले नेपाली क्रिकेटको विकासका लागि नयाँ अवधारणामा सामेल गराउँदै आएको छ ।होम एण्ड अवे प्रणालीमा खेलाइने लिगमा प्रत्येकले अर्को टीमसँग तीन म्याचको सिरिज खेल्नेछ। यो लिग तीन वर्षको हुनेछ । यस आधारमा हरेक टिमले तीन वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछन् ।

आईसीसीको यो निर्णयले क्रिकेटमा अब्बल मानिएका अफगानिस्तान र आयरल्याण्डलाई भने फाइदा पुगेको छ र यी दुई टिमले खेल्ने पक्का जस्तै छ । १३ औं टीमको विषयमा भने अझै अन्तिम निर्णय हुन बाँकी छ। यसमा नेपालको सहभागिता हुने नहुने निश्चित भएको छैन । तर नेपाली क्रिकेटमा खेलाडीले खेल्ने शैली र नेपालमा क्रिकेटको क्रेज र क्रिकेटको लोकप्रियताबाट आईसीसी प्रभावित छ । त्यसैले आईसीसीले नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका प्रदान गरेको हो ।

यसघि आईसीसीले नेपाल, क्यानडा अफगानिस्तान अमेरिका जस्ता एसोसियट राष्ट्रहरु पनि सक्षम रहेको भन्दै उनीहरुलाई पनि समेत टेस्ट मान्यता दिनुपर्ने प्रस्ताव गरेको थियो ।

क्रिक इन्फोले जनाए अनुसार लिगको शीर्ष दुई टिमले प्ले अफ सिरिज खेल्नेछ र, त्यसको विजेता एकदिवसीय लिगको विजेता हुनेछ । यसलाई हरेक चार वर्षमा हुने विश्वकपको तयारीका रुपमा समेत हेरिएको छ । यदि यो नयाँ लिग प्रणाली लागू भएमा विश्वकप क्रिकेटका लागि स्वतः छनोट हुने व्यवस्था पनि गरिनेछ । यस्तै तीन वर्षको लिगपछि पुछारमा रहने टीम रेलिगेसनमा पर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा घटुवा हुनेछ ।

१३ औं टिमका रुपमा नेपाल पनि दावेदार राष्ट्र रहेको क्रिकइन्फोले जनाएको छ । त्यसैले अब नेपालले आईसीसीले सारिएको नयाँ योजनामा आफूलाई सामेल गर्ने विश्व क्रिकेट लिग डिभिजनमा उत्कृष्ट खेल पस्कनु पर्नेछ ।

आईसीसी नेपालको क्रिकेट देखेर त्यति बेला लालाहित भएको थियो जब नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

एडिनवर्गमा जुन अन्तिममा हुने आईसीसीको वार्षिक सम्मेलनमा टेष्ट र एकदिवसीय क्रिकेट दुवैको बारेमा नयाँ योजना, प्रस्ताव पेश हुने र त्यसबारे छलफल हुने बताइएको छ ।

यो पनि हेर्नुस – आइसीसीमा नेपाललाई टेष्ट मान्यता दिन प्रस्ताव

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK