नन्दु राईको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

नन्दु राईको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

1 September, 2015 | Sandeep Bhattarai | 825 Views | comments

nanduआरपी सहयात्री, दुबई ।वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका गायक नन्दु राईले एक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

‘सुसेली लाउने, गोठालो जाने’…बोलको लोकपप गीतको म्युजिक भिडियो सङ्स नेपालबाट सार्वजनिक गरेको राईले जानकारी दिएका छन् । विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राईले ‘सुसेली’ नामको एल्मब सार्वजनिक गर्ने तयारीमा रहेकै बेला उक्त म्युजिक भिडियो बजारमा ल्याएको बताए । दुबईमा नियमित आयोजना हुने सानादेखि ठूलाठूला सांगीतिक कार्यक्रममा दर्शकहरुमाझ रुचाइएका राईले म्यूजिक भिडियोमा स्वदेश तथा परदेशका रमणीय दृष्यहरु समेटेका छन् ।

भिडियोमा जिके, श्रवण, सम्झना र सिर्जुका साथमा गायक राईले दुबईबाट लिपसिन दिएका छन् । प्रवीण घिमिरेको छायांकन रहेको उक्त भिडियो मुनालशिशिर फिल्मसको ब्यानरमा बनेको हो ।सुसेली एल्बममा उनका परदेशमा आइयो….., सुरती साकेला……, पिउन बाँकी छ….., ओठैमा लाऊ लाली….जस्ता विभिन्न विधाका गीतका साथ एक गीतको म्युजिक ट्रयाक रहनेछन् भने सुसेली लाउने…..बोलको गीतको म्युजिक अडियो सङ्स नेपालबाट सार्वजनिक भइसकेको छ भने परदेशमा आइयो…. र पिउन बाँकी छ…. म्युजिक भिडियो विकल्प क्रिएसनका मुनालशिशिर कोइरालको निर्देशनमा यूएईमै सुटिङ गर्ने गायक राईले बताएका छन् ।

हालसम्म लोक, लोकपप, आधुनिक विधाका ३ सयभन्दा बढी गीतको रचना गरिसकेका राई विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर दुबईको मञ्चहरुमा जमिरहेका छन् । उनकै शब्द र संगीतमा १ दर्जनभन्दा गीत रेकर्ड भइसकेका छन् भने नेपाल संगीतकार संघको सदस्यका रुपमा उनी कार्यरत पनि रहेका छन् । खेलकुद, समाजसेवामा रुचि राख्ने राई दुबईमा छायांकन भइरहेका सर्टमुभी ‘रोयो लोग्ने मान्छे’मा अभिनय पनि गरिरहेका छन् ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK