नदी सफाइबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन

ENGLISH

नदी सफाइबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन

22 January, 2017 | Krishna Adhikari | 980 Views | comments

pohorउपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९३ औँ हप्तामा सनिबार सिनामङ्गलदेखि बानेश्वर क्याम्पससम्मको नदी क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानका अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्वसचिव किशोर थापाले गर्नुभएको थियो ।

सफाइमा चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के, अधिकार सम्पन्न बागमती समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहलगायत अभियानकर्मीको उपस्थिति थियो । गतहप्ता बागमतीमा फोहर फाल्दा पक्राउ परेको शिवशङ्कर होटल जयवागेश्वरीका सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई रु १५ हजार जरिवाना गरेर आइन्दा फोहर फालेमा रु एक लाख ५० हजार जरिवाना गर्ने लिखित प्रतिबद्धता गरी छोडिएको अभियानकर्मी बोहराले बताउनुभयो ।

रुद्रमती सफाइको १५२ औँ हप्तामा सनिबार बूढानीलकण्ठ नगरपालिकाको भङ्गालपुल–ज्योतिनगर हुँदै नीलोपुलसम्मको क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी दिनुभयो ।

सफाइमा बूढानीलकण्ठ नगरपालिकाका वडा कार्यालय, वडा नागरिक मञ्चका पदाधिकारीलगायतको सहभागिता थियो ।

विष्णुमती सफाइको १२५ औँ हप्तामा सनिबार तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै सो क्षेत्रका घर घर गई जनचेतना पनि फैल्याइएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो ।

विष्णुमती नदीको सनिबार को सफाइमा पूर्वमन्त्री एवम् नयाँ शक्ति नेपालकी नेत्री हिसिला यमीले पनि सहभागिता जनाउनुभयो । नदी सफाइ गर्दै नेत्री यमीले बाल्यकालमा आफूले विष्णुमतीमा स्नान गरेको सुनाउँदै पुनः स्नानयोग्य हुने गरी सफाइ गरिनुपर्नेमा जोड दिनुभयो ।

सफाइमा तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्नि अधिकारीले नगरमा क्रियाशील सबै संस्थालाई सहभागी गराउनुभएको अभियन्ता लामाले जानकारी दिनुभयो । यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज लगायत संस्थाले सफाइ गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK