नग्न भेटिएको थियो ओम पुरीको शव ,के भन्छ पोष्टमार्टम रिपोर्ट

ENGLISH

ENTERTAINMENT

नग्न भेटिएको थियो ओम पुरीको शव ,के भन्छ पोष्टमार्टम रिपोर्ट

7 January, 2017 | Bhawana Pathak | 990 Views | comments

ओम पुरीको शुक्रबार बिहान निकै संदिग्ध स्थितीमा शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । सुत्रका अनुसार ओमपुरीको नग्न शरिर उनको फ्ल्याटको किचन नजिकै भेटिएको थियो । यसका साथै पोष्टमार्टम रिपोर्टमा पुरीको टाउकोको माथिल्लो भागमा डेढ इन्च गहिरो खाल्डो भेटेको छ । यसका साथै उनको बिहिबार राती श्रीमती नन्दितासँग चर्को बहस भएको पनि भारतीय संचार माध्यमको दाबी छ । नन्दिता छोरा इशानसँग अलग्गै बस्छिन् ।

om-puri

बिहिबार बेलुकी ओम पुरी फिल्म निर्माता खालिद किदवईसँगै थिए । किदवईले यसबारे स्रोतलाई जानकारी दिएका छन् ।‘उनी नन्दिताको घर गए । त्यहाँ उनी छोरा ईशानसँग भेट्न गएका थिए । नन्दितासँग उनको चर्को बहस भएको थियो । तल झरेर उनले ईशानलाई फोन गरे तर उनी कुनै पार्टीमा भएको जानकारी दिए । त्यसपछि उनी गाडीमा नै छोरालाई प्रतिक्षा गर्न थाले । यसैबिच उनले ड्रिंक पनि गरे,’ उनले भने ।

किदवईका अनुसार त्यसपछि उनी किदवईलाई लिएर मनोज पाहवा (नायक) को घर पनि पुगे । त्यहाँ पनि उनको कसैसँग पैसाको विषयमा बहस भयो । उनी बाहिर भएकाले उनलाई यसबारे राम्रो जानकारी नभएको पनि उनले बताए । बाहिर आएपछि पुरी निकै भावुक देखिएको उनले बताए । उनी भन्छन्, ‘त्यसपछि मैले उनलाई घरमा छोडिदिएँ । बाटोमा मैले उनको पर्स मेरो कारमा खसेको थाहा पाएँ । पर्स दिनका लागि बिहान मैले उनको ड्राइभर (मिश्रा) लाई फोन गर्दा उनले ढोका नखोलिएको जानकारी दिए ।’

श्रीमतीले खालिद र ड्राइभरमाथि लगाइन् आरोपः

सूत्रका अनुसार नन्दिताले पुरीको मृत्युका लागि खालिद र ड्राइभर मिश्रामाथि आरोप लगाइन् । पुलिसले खालिदसँग शुक्रबार राती ओशिवारा थानामा करिब दुई घण्टा सोधपुछ गरियो साथै ड्राइभरसँग पनि जानकारी लिइने पुलिसले बताएको छ ।

पोष्टमर्टम रिपोर्टमा के ?

खबरका अनुसार पुरीको टाउकोको माथिल्लो भागमा डेढ इन्च लामो खाल्डो भेटिएको छ । टाउकोमा थुप्रै ठाउँमा रगत पनि जमेको छ । किचन नजिकै उनको मृत शरिर भेटिएको थियो जहाँ निकै फोहोर थियो ।

पुलिसले के भने ?

ओशिवारा थानाका सिनियर इन्स्पेक्टर सुभाष खानविलकर भन्छन्, ‘हामी सबै तरिकाले अनुसन्धान गरिरहेका छौं । पुरी जुन बिल्डिङमा बस्दथे त्यहाँको भिजिटर रिजिस्टर र सीसीटीभी जफत गरिएको छ । अन्तिम २४ घण्टामा उनले जसलाई भेटेका थिए, उनीहरु सबैसँग सोधपुछ हुनेछ । ’पुलिसले चाँडै नै उनकी श्रीमती नन्दिता, छोरा इशान र नायक मनोज पाहवासँग सोधपुछ गर्ने बताएको छ ।

बिहिबार सुटिङ गरेर फर्किएका थिएः

उनका छिमेकीका अनुसार ओम बिहिबार बेलुकी एक फिल्मको सुटिङ सिद्धाएर घर फर्किएका थिए । शुक्रबार बिहान उनका ड्राइभरले घरको ढोका खोल्न खोजे । ढोका नखोलिएपछि ड्राइभरले नै स्थानीय ओशिवारा पुलिस स्टेशनमा सम्पर्क गरे । उनको पार्थिव शरिरलाई पोस्टमर्टमका लागि कूपर अस्पताल लगिएको थियो । अस्पतालमा शबाना आजमी, सुशान्त सिंह र अशोक पंडित उपस्थित थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK