नक्कली खुट्टाले हिड्छिन् ‘नागिन’की यामीनी

ENGLISH

ENTERTAINMENT

नक्कली खुट्टाले हिड्छिन् ‘नागिन’की यामीनी

18 May, 2017 | Bhawana Pathak | 715 Views | comments

चर्चित टेलिसिरियल ‘नागिन’मा यामीनीको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री सुधा चन्द्रनको लोकप्रियता ‘नागिन’ अर्थात मौनी रोयको भन्दा कम छैन । सिरियलमा मौनी पछिको बलियो पात्रको रुपमा सुधालाई लिईन्छ ।

सुधा यस सिरियलमा भिलेनको भूमिकामा छिन् । सिरियलमा भिलेन बनेर सबैलाई दुःख दिने सुधाले वास्तविक जीवनमा निकै ठूलो दुःखको अनुभव संगालेकी छिन् । १७ वर्षको उमेरमा एक दुर्घटनामा परेर उनले आफ्नो दाहिने खुट्टा नै गुमाईन् । दुर्घटना पछि भएको अप्रेशनले उनको खुट्टालाई निको पार्न सकेन । यहि कारण उनले दाहिने खुट्टाको घुँडा भन्दा तलको भाग गुमाउनु पर्यो ।

त्यस बखत देखि अहिले सम्म सुधा नक्कली खुट्टाको साहारा लिएर हिँडिरहेकी छिन् । सुधा अभिनेत्रीका साथ साथै नृत्यागंना पनि हुन् । उनले साढे तीन वर्षको उमेर देखि नै नृत्य सिक्न थालेकी थिईन् । नृत्यमा रुची भएकै कारण १० कक्षामा ८० प्रतिशत अंक ल्याएकी उनी बिज्ञानमा रुची हुँदा हुँदै पनि आर्टस अध्ययन गरिन् । उनले बिज्ञान पढेपछि नृत्यलाई समय दिन नसक्ने डरले आर्टस पढ्ने निधो गरेकी हुन् ।

तर जब ११ कक्षामा अध्ययन गर्ने क्रममा एक बस दुर्घटनामा परेर उनले एक खुट्टा नै गुमाईन् उनलाई जिन्दगीनै सकिएको महसुस हुन थाल्यो । उक्त दुर्घटनामा परेका सबैलाई ईन्टर्न डाक्टरहरुले उपचार गरेका कारण उनको खुट्टा भित्र भित्रै सडेर बिग्रियो । पछि उनका आमा बुवाले उनको खुटटा काट्ने निधो गरेका थिए ।

खुट्टा गुमाएपछि उनलाई नृत्य गर्न नपाउने पीरले खुबै सताउँथ्यो । मानिसहरुले पनि उनीसँग एक खुट्टाले नृत्य गर्न सम्भव नभएको कुरा गर्थे । अरुको कुराले कहिले काही उनलाई हतोत्साहित बनाउँथ्यो । तर पनि हार भन्ने शब्दलाई उनले जीवनको डायरीबाटै डिलिट गरिदिईन् । दुर्घटना पछि उनी फेरि हिड्ने कोशिसमै जुटिन् । उनलाई एक खुट्टाले हिड्न सिक्न चार महिना लागेको थियो । पछि उनले नक्कली खुट्टा पाईन् । उनलाई नक्कली खुट्टाले सामान्य भएर हिड्न तीन वर्ष लागेको थियो ।

नक्कली खुट्टाकै साहाराले उनले अहिलेसम्म सय भन्दा धेरै स्टेज शोहरु गरिसकेकी छिन् । सुधाले दुर्घटना पछि सिनेमामा काम गर्ने मौका पनि पाईन् । उनकै जीवनमा आधारित सिनेमा पनि बनिसकेको छ ‘नाच मयुरी’ जसमा सुधा आफैले आफ्नो भूमिका निभाएकी छिन् । पहिले तेलुगु भाषामा बनेको ‘मयुरी’लाई पछि हिन्दीमा ‘नाच मयुरी’ बनाईएको हो ।

नागिन बाहेक बहुरानीयाँ, हमारी बहु तुलसी, चन्द्रकान्ता, जाने भी दो पारो, कभी ईधर कभी उधर, चश्मे बद्दुर, अंतराल, कैसे कहुँ, अदालत, कस्तुरी र शास्त्री सिस्टर्स जस्ता सिरियलहरुमा उनले काम गरिसकेकी छिन् ।त्यस्तै उनले नाच मयुरी, शोला और शबनम, अंजाम, हम आपके दिल मेँ रहेते है, शादी करके फस गया यार, मालामाल विकली लगायत केही दक्षिण भारतीय सिनेमाहरुमा काम गरिसकेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK