ध्यान शिविरका लागि स्वामी अरुण लन्डनमा

ENGLISH

NRN GLOBAL

ध्यान शिविरका लागि स्वामी अरुण लन्डनमा

2 July, 2016 | Bipin Acharya | 1425 Views | comments

काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण ध्यान शिविरका लागि लन्डन आइपुगेका छन् । उनी मंगलबार लन्डन साउथहलस्थित श्रीराम मन्दिरमा आयोजित सत्संगमा सहभागी भए ।

swami

‘ध्यानबाट कसरी सुखी र समृद्ध बन्न सकिन्छ?,’ भन्ने विषयमा बोल्दै स्वामी अरुणले भने, ‘संसारमा दुईवटा कुरा छन् आवश्यकता (नीड) र चाहना (डिजायर)। आवश्यकता पुरा गर्न सकिन्छ तर व्यक्तिको चाहना कहिल्यै पुरा हुंदैन। महत्वाकांक्षाको दौडमा केही चलाख व्यक्ति अगाडि बढ्छन्, अरु बाँकीमा निराशा छाउँछ।’ स्वामीले मानिसको तृष्णालाई आध्यात्मिकरुपले मात्र शान्त गर्न सकिए पनि भौतिकरुपले त्यो सम्भव नभएको बताए ।

उनले अगाडि थपे, ‘मानिस सुखी बन्नका लागि भोलि पर्खनै पर्दैन, तपाईंसँग अहिले जे छ, आनन्दित बन्नका लागि त्यही नै पर्याप्त छ। खाली जीवन जीउने कला जाने पुग्छ ।’प्रत्येक प्राणीको आकांक्षा सुखी र आनन्दित बनौं भन्ने रहेको उल्लेख गर्दै उनले आज सुखी नहुने मानिस भविष्यमा कहिल्यै पनि सुखी बन्न नसक्ने दावी गरे ।

सन् १८८६ मा छापएिको रुसी साहित्यकार लियो टोल्सटोयको ‘मानिसलाई कति जमीन चाहिन्छ?’भन्ने कथाको प्रसंग उप्काउँदै स्वामी अरुणले भने, ‘आखिरमा हामी सबैलाई चाहिने त मरेपछि समाधी दिनकालागि त्यही ६ फिट जमीन नै रहेछ।’

गएको दश वर्षदेखि ब्रिटेनमा ध्यान शिविर सञ्चालन गर्दै आएका स्वामी अरुणले बिहीबार, ३० जुनदेखि आइतबार, ३ जुलाई सम्म डर्सेटस्थित ओशो लीलामा तीन दिवसीय ध्यान शिविर सञ्चालन गर्ने आयोजकले बताएका छन् ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK