धौलागिरि–१ मा माओवादी केन्द्र र २ र बेनी-२ मा एमाले विजयी

ENGLISH

POLITICS

धौलागिरि–१ मा माओवादी केन्द्र र २ र बेनी-२ मा एमाले विजयी

16 May, 2017 | Bhawana Pathak | 580 Views | comments

म्याग्दीको धौलागिरि गाउँपालिकाका दुई वटा वडाको मतगणना सकिएको छ ।

धौलागिरि १ गुर्जामा नेकपा माओवादी केन्द्रका उम्मेदवार झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ ।

माओवादी केन्द्रकी सीताकुमारी छन्त्यालले महिला सदस्यमा (२९८), दलित महिला सदस्यमा ज्ञानदेवी विक (२५२), अन्य सदस्यमा तारामान विक (२२९) र राप्रपाका सुकमाया छन्त्यालले २६६ मत ल्याएर विजयी हुनुभएको हो । गुर्जामा ६७२ जना मतदाता रहेकामा ४६४ जनाले मतदान गरेका थिए ।

यसैगरी धौलागिरि गाउँपालिका–२ लुलाङमा नेकपा (एमाले)का गमप्रसाद विकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडाको महिला सदस्यमा यसअघि नै एमालेकी सुवादेवी पुर्जा निर्विरोध हुनुभएको थियो ।

दलित महिला सदस्यमा एमालेका ललिसरा विक र सदस्यमा एमालेका मोतीप्रसाद पाइजा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका जङ्गबहादुर विश्वकर्माले १३४ मत ल्याउनुभएको छ ।

नौ सय ३६ मतदाता रहेको लुलाङमा ६०३ जनाले मतदान गरेका थिए । वडा नं १ र २ को मतगणना हुँदा धौलागिरि गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रिमप्रकाश थापाले ४२८, एमालेका थमसरा पुनले ३७४, उपाध्यक्षमा काँग्रेसका डम्मर भण्डारीले ३१२ र एमालेका रेशम छन्त्यालले ४१२ मत प्राप्त गर्नुभएको छ ।

बेनी–२ मा एमाले विजयी
बेनी नगरपालिका–२मा ज्यामरुक कोटमा नेकपा एमाले– राप्रपा समूहबाट छर नेपाली काँग्रेसबाट एक जना उम्मेदवार विजयी हुनुभएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापा ६३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गर्नुभएको छ ।

आइतबार राति ११ बजेदेखि सुरु गरिएको मतगणनाको सोमबार मध्यरातमा प्राप्त अन्तिम मतपरिणामनुसार बेनी नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले एक हजार ३९० र काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार १९२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो । अहिले बेनी– ३ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकामा काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा एमाले र राप्रपा चुनावी तालमेल गरी निर्वाचनमा होमिएका हुन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेबाट वडाध्यक्षका उम्मेदवार आसबहादुर थकाली ४५४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विजयी हिराचनले ४१७, स्वतन्त्र उम्मेदवार महेन्द्र थकालीले २३६ र नेकपा(माओवादी केन्द्र)बाट अध्यक्षका उम्मेदवार दिनेश थकालीले ५५ मत मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका बालकृष्ण मिश्रले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङ ७०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुष्पा शेरचनले २१५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्र
मकवानपुरको वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।

माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी हुनुभयोभने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बाबुलाल गोलेले २५५ मत प्राप्त गर्नुभएको छ ।

यस वडाबाट अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)ले ३१२, नेकपा (एमाले)ले २५५ र नेपाली काँग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा (एमाले)ले २५४ र नेपाली काँग्रेसले १३५ मत प्राप्त गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK