धोनीको टिम चेन्नई विरुद्ध दोस्रो खेल खेल्दै सन्दीप

ENGLISH

SPORTS

सन्दीप

धोनीको टिम चेन्नई विरुद्ध दोस्रो खेल खेल्दै सन्दीप

18 May, 2018 | Sandeep Bhattarai | 5515 Views | comments

सन्दीप

नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो खेल खेल्दै छन् । सन्दीपले आज (शुक्रबार) महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टोली चेन्नई सुपर किंग्स विरुद्ध खेल्न लागेका हुन् ।

आइपिएलका आफ्नो डेब्यु खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध उत्कृष्ट र प्रभावशाली प्रदर्शन गरेका कारण सन्दीप आज पनि सुरुवाती ११ मा पर्न सफल भएका हुन् । बैंगलोर विरुद्ध उनले ४ ओभर बलिंग गर्दै २५ रन दिएर १ विकेट लिएका थिए । उनले बैंगलोरका ओपनर ब्याट्सम्यान पार्थिव पटेललाई एलबिडब्लु आउट गरेका थिए ।

चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने दिल्ली ६ अंक सहित अन्तिम स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिसकेको छ । विश्वका दुई उत्कृष्ट खेलाडी विराट कोहली र एबी डि भिलियर्सलाई बलिङ गरेका सन्दिपले आजको खेलमा महेन्द्र सिंह धोनी, शेन वाट्सन र सुरेश रैनाजस्ता विश्वस्तरिय खेलाडीलाई बलिङ गर्ने छन् ।

दिल्ली पहिलो चरणबाटै बाहिरीसकेपनि सन्दिपले आफूलाई प्रमाणित गर्ने मौका भने पाएका छन् । यदि चेन्नई विरुद्ध उत्कृष्ट प्रदर्शन गरे आगामी आइपिएलमा पनि अवसरको पनि ढोका खोल्न सहज हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK