धैर्यताले मात्र सफलता मिल्छः संगीतकार बास्कोटा

ENGLISH

ENTERTAINMENT

धैर्यताले मात्र सफलता मिल्छः संगीतकार बास्कोटा

9 July, 2017 | Sandeep Bhattarai | 650 Views | comments

शम्भुजीत बास्कोटा

वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले एक सफल कलाकार बन्न धैर्यताका साथसाथै सहनशीलता आवश्यक पर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंस्थित संवाद डबलीमा गलकोट म्युजिक प्रा.लिको आयोजनामा ‘स्रष्टा सम्मान–२०७४’ मा बोल्दै संगीतकार बास्कोटाले कलाकारलाई आफ्नो कर्मलाई सम्मान गर्न सिक्नुपर्ने बताउनुभयो ।

नेपाली सांगीतिक आकश निरनतर रुपमा विस्तार तथा विकास भएको बताउँदै बास्कोटाले, ‘हिजोको समयमा हामीले यस क्षेत्रलाई हाँकेका थियौं अब यसको जिम्मेवारी आजका युवायुवतीको हातमा आएको छ’ भन्नुभयो

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बास्कोटाले कला संगीतकर्मीलाई मात्र नभएर रंगकर्मीहरु पत्रकार र मोडललाई संवाद डबलीमा एकसाथ सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

त्यस्तै वरिष्ठ लोक गायक रेशम सापकोटाले नेपाली लोक संगीतमा भित्रिएका विभिन्न विकृति विसंगतिलाई सम्मान कार्यक्रमले चिरफार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । गीतकार धुर्बराज खड्काले नेपालको लोक संगीतिक क्षेत्रको रक्षा गर्न कलाकारले बढी मेहनत गर्नुपर्ने धारणा राख्नुभयोे ।

आलाप रेकर्डिङ् स्टुडियो तथा तरेली संगीत कुञ्जको सहयोगमा भएको कार्यक्रममा झलक संगीतम, रेशम सापकोटा, राजु परियार लगायत डेढ दर्जन गीत तथा संगितकर्मीहरु सम्मानित भएका थिए । उनीहरुलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

संचारकर्मी जसिन्द्र श्रीपालीले संचालन गरेको कार्यक्रममा गल्कोट म्युजिक प्रालिका अध्यक्ष रामु विरहीले नेपाली कला संस्कृतिको संरक्षणको लागि आफू सधै खटिएर लाग्ने प्रण गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK