धुर्मुस सुन्तली सहयोग संकलन कार्य स्थगित गर्दै

ENGLISH

ENTERTAINMENT

धुर्मुस सुन्तली सहयोग संकलन कार्य स्थगित गर्दै

२५ लाख जुटेपछि सहयोग संकलन कार्य स्थगित गर्दै धुर्मुस सुन्तली

14 July, 2016 | Sandeep Bhattarai | 1305 Views | comments

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ४ करोड ७५ लाख रुपैँया सहयोग संकलन भएको छ । पाँच करोड अनुमानित लागतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो ।

ds

अब गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैँया आवश्यक छ । बस्ती निर्माणका लागि मृर्गौला पिडित, अपाङ्गता भएका, वद्धवृद्धा एवं बालबालिकाले जन्म दिन तथा अन्य खर्च कटाएर समेत सहयोग गरेका छन् । अब सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । त्यसैले, गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि देश तथा विदेशमा रहेका जति पनि संस्था तथा व्यक्तिहरुले संकलन गर्नुभएको रकम जति सक्दो छिटो पठाउन पनि अनुरोध गरेको छ ।

फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमा नै पूर्व निर्धारीत लक्ष्य हाँसील गर्न लागिएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले बताएकी छिन् । अब २५ लाख सहयोग जुटेपछि हालका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि सहयोग संकलन कार्य स्थगित गरिने उनले जानकारी दिएकी छिन् । परियोजना संचालन गर्दै जाँदा लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपील गरिने उनले स्पष्ट गरेकी छिन् । अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ संस्थाले फाउण्डेशनलाई सम्पर्क गर्न सक्ने पनि उनले जानकारी गराएकी छिन् ।

वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि मेलम्ची ८, सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो । बस्ती निर्माणका लागि देश तथा विदेशबाट थुप्रै सहयोगी हातहरुको साथ मिलेका कारण छोटो समयमै यो रकम जुटेकोप्रति फाउण्डेशनले खुशी एवं सबैमा धन्यवाद व्यक्त गरेको छ । अहिलेसम्म फाउण्डेशनले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैँया खर्च गरेको छ । सो रकमबाट भौतिक पूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गर्ने काम भएको छ । खाने पानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोक, विद्युत प्राधिकरण, मेलम्ची नगरपालिकासँगै हजारौँ सहयोगी मनहरुका कारण एकिकृत बस्ती निर्माण कार्य तिव्र गतिमा अघि बढीरहेको फाउण्डेशनको भनाई छ ।

ds1

झरीको बाबुजुद पनि दशैँ अघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जग खन्ने काम र गारो उठाउने काम रात दिन जारी राखिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । बस्तीमा पानी, सडकको मर्मत लगायतका भौतिक पूर्वाधारको विकास सँगै अब काम अघि बढाउन सजीलो भएको उनको भनाई छ । तर, वर्षाले बाटो बिगारेर निर्माण सामग्री ढुवानीमा समस्या पारीरहेकाले अनुमानीत लागत नै बढ्ने हो की भन्ने चिन्ता पनि उत्तिकै रहेको उनले बताएका छन् ।

ds2

कलाकारीतासँगै समाजीक कामबाट अझै बढी दर्शकको माया र विश्वास पाइरहेकाले जति सक्दो छिटो र कम लागतमा बालमैत्री, अपाङ्गमैत्री नमुना बस्ती निर्माण गरेर भूकम्प प्रभावित ६५ परिवारलाई दशैँमा घर उपहार दिने उनीहरुको योजना छ । दर्शककले गरेको विश्वासलाई अझै बढाउने हिसाबले पारदर्शी रुपमा काम सम्पन्न गर्ने फाउण्डेशनले जनाएको छ ।

यो पनि हेर्नुस – सुन्तलीको जन्म दिनमा धुर्मुशले लेखे– समाज सेवाको प्रेरणा तिमी हौ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK