धुर्मुस-सुन्तली फाउन्डेसनलाई कतारबाट २२ लाख

ENGLISH

NRN GLOBAL

धुर्मुस-सुन्तली फाउन्डेसनलाई कतारबाट २२ लाख

10 July, 2016 | Sandeep Bhattarai | 1360 Views | comments

धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा भूकम्प पीडितका लागि सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणधिन एकिकृत बस्तीको लागि कतारमा २२ लाख रुपैयाँ संकलन भएको छ ।

qatar

एभरेष्ट नेपाल युथ एसोसिएसन कतारको पहलमा यो रकम संकलन भएको हो । धुर्सुस-सुन्तली साँझमा आफ्नो प्रस्तुति गर्न कतार आइपुगेका यी जोडीलाई एसोसिएसनले रकम हस्तान्तरण गरेको छ । ‘एकीकृत बस्तीको लागि २२ लाख रुपैयाँ दिने प्रतिबद्धता भएको छ,’ एसोसिएसनका अध्यक्ष उत्तम गुरुङले रकम हस्तान्तरणमा भने, ‘तत्काल १४ लाख रुपैयाँ हस्तान्तरण गरेका छौं । बाँकी तुरुन्तै पठाइनेछ ।’

एसोसिएसनले कतारका नेपाली ब्यबसायी, संघसंस्था र कामदारसँग स्वतस्फुत रकम जुटाएको हो । उसले भुकम्प पीडितलाई अतुलनीय काम गरेर उदाहरणीय प्रस्तुत गरेको भन्दै सम्मान गरेको थियो ।‘हामीले छरिएर रहेका गाँउलाई एकीकृत रुपमा राखेर बिकास गर्नुपर्छ भनेर मात्रै देखाउन खोजेको हो,’ सिताराम कट्टेल (धुर्मुस)ले भने,‘हामीले आफ्नो कलाकारितालाई छाडेर यो अभियानमा लागेको हो ।’

कुञ्जना घिमिरे (सुन्तली)ले पाँच करोड रुपैयाँ बराबारको बजेटमा गिरानचौरको एकीकृत बस्ती निर्माण हुने बताउँदै भनिन्, ‘हामी लक्ष्य नजिक आइपुगेका छौं । चार करोड रुपैयाँ संकलन भइसकेको छ । अब एककरोड रुपैयाँ जम्मा भएपछि सहयोग उठाउन बन्द गरिनेछ ।’
गिरानचौरमा सरकारले तोकेको मापदण्ड अनुसार ६५ वटा घर बनाउने काम भइरहेको छ । यसैबीच नुवाकोटकी सुमित्रा लामिछानेको पहलमा संकलन भएको एकलाख ३४ हजार रुपैयाँ हस्तान्तरण भएको छ ।

यो पनि हेर्नुस – सुन्तलीको जन्म दिनमा धुर्मुशले लेखे– समाज सेवाको प्रेरणा तिमी हौ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK