धुर्मुस सुन्तली फाउन्डेशनलाई बेलायतबाट २० लाख रुपैयाँ

ENGLISH

NRN GLOBAL

धुर्मुस सुन्तली फाउन्डेशनलाई बेलायतबाट २० लाख रुपैयाँ

18 June, 2016 | Bipin Acharya | 630 Views | comments

बेलायतको एउटा च्यारिटी संस्था हेल्प नेपाल फाउन्डेशनले धुर्मुस सुन्तली फाउन्डेशनलाई २० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

17062016074250Donation-1000x0

बुधबार साँझ लन्डनमा एक पत्रकार सम्मेलन गरि फाउन्डेशनले उक्त रकम दिने जानकारी दिएको हो । प्रतिवद्धता गरिए बमोजिमको रकम केही दिनभित्रै बैंक मार्फत नेपाल पठाइने हेल्प नेपाल फाउन्डेशनका कोषाध्यक्ष नारायण सापकोटाले जनाए । फाउन्डेशनले बेलायतमा चन्दा अभियान मार्फत उक्त रकम संकलन गरेको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष दिनेश शर्माले फाउन्डेशनले धुर्मुस सुन्तली फाउन्डेशनको मेलम्ची, सिन्धुपाल्चोकस्थित गिरान्चौर एकीकृत वस्ती निर्माण परियोजनाका लागि रकम दिने निर्णय गरेको जनाउँदै सही समयमा सही सदुपयोग हुने विश्वाससहित धुर्मस सुन्तलीलाई रोजिएको बताए । ‘भूकम्प लगत्तै संकलित रकम तत्काल दिन सकिन्थ्यो तर त्यतिबेला हामीले पैसा सदुपयोग हुने देखेनौं,’ शर्माले भने, ‘सही समय कुरिरहेको बेला धुर्मुस सुन्तलीको सामाजिक कामबाट प्रभावित भएर उनीहरुलाई सहयोग गर्ने निधो गरेका हौं ।’

हाँस्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले भूकम्पपछि स्थापना गरेको उक्त फाउन्डेशनले यतिखेर गिरान्चौर एकीकृत वस्ती निर्माण परियोजना अन्तर्गत ६५ घर निर्माण गरिरहेको छ । उक्त परियोजनाको अनुमानित लागत ४ करोड रुपैयाँ भन्दा बढी छ । परियोजनाका लागि धुर्मुस सुन्तलीको जोडीलाई अहिले विश्वभरबाट सहयोग जुटिरहेको छ ।

कार्यक्रममा सचिव रुसी श्रेष्ठले भूकम्पको भोलिपल्ट स्थापित फाउन्डेसनले वर्ष दिनभित्र गरेका गतिविधिबारे प्रकाश पारेकी थिइन् । फाउन्डेशनले भूकम्प लगत्तै ५ हजार पाउण्ड बराबरको औषधिसहित राहत सामाग्री र करिब ४ लाख रुपैयाँको त्रिपाल पीडितलाई बांडेको थियो ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK