धुर्मुस सुन्तली फाउण्डेशनलाई जापानबाट आर्थिक सहयोग (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

धुर्मुस सुन्तली फाउण्डेशनलाई जापानबाट आर्थिक सहयोग (भिडियो सहित)

19 June, 2016 | Sandeep Bhattarai | 615 Views | comments

भूकम्प पीडितहरुको सहायताका लागि प्रवासबाट सबैभन्दा धेरै आर्थिक सहायता गर्नेमा पर्ने जापानबासी नेपालीहरु फेरि अर्को एउटा अभियानमा सक्रिय भएका छन् ।

Japan-abata-sahayog

जापानबासी नेपाली गत वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त भएको सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण हुन लागेको धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती निर्माणको लागी जापान सहयोग गर्ने क्रम जारी रहेको छ ।यतिबेला धुर्मुस सुन्तली फाउण्डेशनले गिरान्चौर एकीकृत बस्ती निर्माण गरिरहेको छ । काम गरेर बिश्वाश जितेको सो फाउन्डेशनलाई देशविदेशबाट सहयोगहरू पनि आऊने क्रम जारी छ ।

झण्डै साडे चार करोड लागत लाग्ने ६५ वटा भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेर दिने महत्वांकांक्षी योजना शुरु धुर्मुस सुन्तलीले गरिसकेका छन् ।यसै क्रममा बाट संकलित रु ८ लाख नेपाल पठाइएको छ । धुर्मुस सुन्तली फाउण्डेशन गिरान्चौर एकिकृत बस्ती निर्माणको सहयोगार्थ आर्थिक संकलन अभियान जापानका संयोजक शिव तन्डुकारले आइतबार जापान मनि एक्सप्रेस जेएमइबाट सो रकम धुर्मुस सुन्तली फाउण्डेशनको खातामा पठाएको जानकारी दिनुभयो ।

Dhurmus-Suntali

उक्त रकम एनआरएन आईसिसी सदस्य ओम गुरुङ, पत्रकार आनन्द कोइराला, शान्त पहरी लगायत जेएमईका राजन श्रेष्ठको रोबरमा पठाएको हो । अभियानका हरि चन्द्र लामाका अनुसार यो अभियान एउटा सामाजिक सहयोगको भावनाले संचालन गरेकोले थोरै समयमा भए पनि जापानवासी नेपालीको सहयोगले सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

भिडियो –

यो पनि हेर्नुस -धुर्मुस सुन्तलीलाई गोफण्डमीबाट २७ लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK