धुर्मुस सुन्तली फाउण्डेसनलाई दुबईबाट आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

धुर्मुस सुन्तली फाउण्डेसनलाई दुबईबाट आर्थिक सहयोग

दुबई डिउटी फ्रिमा काम गर्ने नेपालीहरुबाट दुई लाख साठ्ठीहजार रुपैयाँ सहयोग

25 June, 2016 | arjun baral | 1175 Views | comments

dubi

सहयोग ठुलो सानो हुदैन सबै भन्दा ठुलो मन हो, अब तपाइको पालो ताकी अरुलाई पनि सहयोग गर्ने पेरणा मिलोश भन्दै दुबाई डिउटी फ्रिमा काम गर्ने नेपालीहरुले धुर्मुस सुन्तली फाउण्डेशनको एकीकृत बस्ति निर्माण अभियानमा आर्थिक सहयोग गरेका छन् ।

धुर्मूस सुन्तली फाउण्डेसनलाई सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधिन एकिकृत नमूना बस्ती निर्माणको लागि दुबाई डिउटी फ्रिमा काम गर्ने नेपालीहरुले दुई लाख साठी हजार नेपाली रुपैयाँ अभियानको लागि सहयोग गरेका हुन् ।

विनासकारी महाभूकम्पबाट पिडित भएका पीडितलाई सहयोग अभियान चलाउदै आएको धुर्मस सुन्तली फाउण्डेसनले भूकम्प पीडितको उद्धार र विकासको नमूनाका लागि गिरानचौर एकिकृत बस्ती निर्माण सुरु गरिसकेका छन् । थोपा थोपा गरेर अर्थ संकलन भइरहेको यस अभियानमा २ करोड रुपैँया भन्दा धेरै जम्मा भएको फाउण्डेसनले जनाएको छ ।

send money
भूकम्पले ध्वस्त भएका वस्तीहरुबाट काभ्रेपलाञ्चोकमा एउटा सुन्दर एकीकृत नमुना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मस सुन्तली फाउण्डेसनको गिरानचौरमा निर्माणाधिन एकिकृत नमूना बस्ती निर्माण अभियानमा देश तथा विदेश बाट आर्थिक सामाजिक सहयोग आउदै गरेको अभियानका अध्यक्ष सिताराम कट्टेलले जानकारी गराएका छन ।

गिरानचौरमा निर्माणाधिन एकिकृत नमूना बस्ती भूकम्प प्रतिरोधी ६५ बालमैत्री तथा अपाङ्गमैत्री भवन, बगैँचा, बाल उद्यान, सामुदायीक भवन, शौचालयलगायतका पूर्वाधार निर्माणका लागि करिब ५ करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको छ । बस्ती निर्माणका लागि सहयोग गर्न थुप्रै व्यक्ति र संस्थाबाट प्रतिबद्धताहरु आइरहेकाले आफ्नो सपना साकार हुने विश्वास बढेको अध्यक्ष सिताराम कट्टेलको भनाई छ ।

दुबाई डिउटी फ्रि मा काम गर्ने पाच सय भन्दा धेरै नेपालीहरुले यो भन्दा अगाडी पनि भूकम्प आएको समय तथा रास्ट्रिय संकटको समयमा यस्तै आर्थिक सहयोग गर्दै आएका छन् । धुर्मस सुन्तली फाउण्डेसनले अहिले निर्माणको चरणमा रहेको सिन्धुपाल्चोकको मेलम्चीमा सोही खालको नमूना वस्ती निर्माण गर्ने तयारीका साथ सबैसँग सहयोगको लागि अपिल समेत गरेका छन् ।

कुबेतबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुहको सहयोग 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK