धुर्मुस सुन्तली पछि जिग्री र पाँडे पनि बस्ति बनाउन जुटे

ENGLISH

ENTERTAINMENT

धुर्मुस सुन्तली पछि जिग्री र पाँडे पनि बस्ति बनाउन जुटे

23 January, 2017 | Sandeep Bhattarai | 1035 Views | comments

कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे

हास्यकलाकार जोडी कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् ।

 

दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् ।

जिग्री पाँडे फाउन्डेसन  स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका छन् । गत बिहीबार बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन् ।

सामाजिक अभियान्ता बाराका रमेशप्रसाद साहका साथमा सप्तरी पुगेका उनीहरूले मण्डल परिवारको दयनीय अवस्था देखेर उनीहरूलाई लत्ताकपडाका साथै खाद्यान्न वितरण गरेका थिए । ‘भगवान शिवले पनि गरिब, असहाय, दीनदुःखीको सेवा गर्नु नै धर्म भएको बताउनु भएको छ, त्यही भएर हामी अतिविपन्न मण्डल परिवारलाई सहयोग गर्न आएका हौं,’ कलाकार कुमार कट्टेलले भने ।

स्थानीय शम्भु मण्डलको परिवारमा १७ जना छन् । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन् । उनीहरूको अवस्था निकै नाजुक भएकाले आफूहरूले घर बनाइदिन लागेको कलाकार अर्जुन घिमिरेले बताए । उनका अनुसार नयाँ तीन घरका लागि ३५ देखि ४० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

सामाजिक कार्यमा सक्रिय हुँदै जिग्री पाँडे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK