धुर्मुस सुन्तलीलाई ४० लाख रुपैँया सहयोग

ENGLISH

ENTERTAINMENT

धुर्मुस सुन्तलीलाई ४० लाख रुपैँया सहयोग

24 December, 2016 | Sandeep Bhattarai | 1020 Views | comments

धुर्मुस सुन्तली

तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो ।

आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । नेफ्टा अवार्डमा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफु आएको उनले बताएका छन् ।

उनले भने, ‘धुर्मुस सुन्तलीलाई यस अघि गरेको सहयोग खेर गएन त्यसैले तेश्रो बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण कतारबाट दुबई आइपुगेको हुँ ।’ उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए । आफुले सहयोग गर्न चाहेको व्यक्तिले राहात महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफुले सकेको सहयोग गरेको उनको भनाई छ ।

काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । यस्तै, फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफुलाई निकै प्रफुल्लीत तुल्याएको बताएका छन् । देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफुहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ ।

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्, त्यसैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल गरेकी छिन् ।

मुसहर बालबालिका ट्युसन पढ्न थालेपछि धुर्मुस सुन्तली हर्षित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK