धुर्मुस सुन्तलीलाई सहयोग जुटाउन स्पेनमा पानीपुरी र समोसा बेच्दै नेपाली

ENGLISH

NRN GLOBAL

धुर्मुस सुन्तलीलाई सहयोग जुटाउन स्पेनमा पानीपुरी र समोसा बेच्दै नेपाली

23 June, 2016 | Bipin Acharya | 1320 Views | comments

स्पेनमा पानीपुरी, समोसा, चटपट बेचेर धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग जुटाइने भएको छ। नेपाली जनप्रगतिशील मञ्च स्पेनले आगामी जुन २६ तारिखमा बार्सिलोनामा नेपाली तथा स्पेनिस समुदाय माँझ नेपाली पहिचान सहित बिभिन्न परिकारहरु बेचेर रकम संकलन गर्न लागेको हो।

d

स्पेनिस संस्था एयिकासँग सहकार्य गर्दै मञ्चले, “फेस्था मायोर डेल बार्रियोमा” आगामी आईतबार धुर्मुस सुन्तली सहयोगार्थ कार्यक्रम गर्ने भएको हो। कार्यक्रममा नेपाली झल्कने साँस्कृतिक कार्यक्रम पनि मञ्चले देखाउँने भएको छ।

गिरान्चौर एकीकृत बस्ति निर्माणमा कस्सिएका धुर्मुस – सुन्तलीलाई मञ्चले हालसम्म २ हजार ५ सय ४० युरो (करिब ३ लाख रुपैयाँ) संकलन गरिसकेको छ। कार्यक्रमबाट धुर्मुस सुन्तली अभियानलाई अझै सहयोग रकम बढाउँने लक्ष्य मञ्चले राखेको छ।

मञ्चले आगामी कार्यक्रममा सहभागी भई सफल पार्न स्पेनस्थित नेपाली संघसंस्था लगायत नेपाली समुदायलाई अनुरोध समेत गरेको छ। नेपालको पर्यटन तथा पर्यावरण सम्बन्धि प्रचार प्रसारका लागि टेवा पुग्ने गरि कार्यक्रमको तयारी चलिरहेको मञ्चले जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK