धुर्मुस सुन्तलीलाई बस्ती निर्माणमा बालबालिकाको सहयोग

ENGLISH

धुर्मुस सुन्तलीलाई बस्ती निर्माणमा बालबालिकाको सहयोग

13 June, 2016 | arjun baral | 750 Views | comments

help from child
बालबालिकाले पनि आवश्यक पर्दा सहयोग गर्न सक्छन् भन्ने उदाहरणका साथ नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवलका बालबालिकाले गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे९सुन्तली०लाई १ लाख २० हजार रुपैँया सहयोग गरेका छन् ।
नगरपालिकामा रहेका १ सय १७ बाल क्लबहरुले सुनवलबासीबाट रकम संकलन धुर्मुस सुन्तलीलाई सहयोग गरेका हुन् । गिरान्चौर नेपालकै पहिलो बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री एकिकृत नमुना बस्ती बन्न लागेकाले उक्त सहयोग गरेको सुनवल नगरबाल क्लबकी संस्थापक अध्यक्ष विपना शर्माले बताएकी छिन् ।
देशभर रहेका २१ हजार बालक्लबहरुलाई बन्दै गरेका बालमैत्री एकिकृत बस्ती निर्माणमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो सहयोग गरेको उनको भनाई छ ।
सुनवलबाट बालबालिकाको समूह गिरान्चौरमा नै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका छन् । सुनवल नगरपालिकाको सहयोगमा प्रत्येक घरघर पुगेर संकलन गरिएको उक्त रकम बस्तीमै पुगेर हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको सुनवल नगर बाल सञ्जालकी अध्यक्ष वर्षा गैरेले बताएकी छिन् ।
बालमैत्री समाजमा हुर्केका बालबालिकाको सोच नै फरक हुने भएकाले नै आफुहरुले गिरान्चौरलाई बालमैत्री एकिकृत बस्ती बनाउने प्रण गरेको उनले बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK