धुर्मुस सुन्तलीलाई ‘नमूना नेपाल’ निर्माण सहयोगार्थ आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

धुर्मुस सुन्तलीलाई ‘नमूना नेपाल’ निर्माण सहयोगार्थ आर्थिक सहयोग

कुमार “अविरल” पन्थी, कतार ।

5 September, 2017 | Sandeep Bhattarai | 2200 Views | comments

धुर्मुस सुन्तली

सामाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको दाङ देउखुरी सेवा समाजको मातहतमा रहेको सांस्कृतिक विभागद्वारा गत १८ अगस्त तारिखका दिन सम्पन्न तीज विशेष कार्यक्रमबाट सङ्कलित रकम धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण गर्न लागिएको (नमूना नेपाल)काे सहयोगार्थ हस्तान्तरण गरेको छ ।

शुक्रबार कतारको नज्मा स्थित गोरखा रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कतारको भ्रमणमा आएका धुर्मुस सुन्तली सिताराम कट्टेल तथा कुन्जना घिमिरेलाई प्रत्यक्ष भेटघाट गरी १ लाख ५३ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष बसन्त राज पुरीको सभापतित्व रहेको कार्यक्रममा सिताराम कट्टेल र कुन्जना घिमिरे विशेष अतिथि रहेका थिए । त्यसैगरी अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार सुर्य सुबेदी वरिष्ठ सल्लाहकार लुमाकान्त पुन सास्कृतिक संयोजक केशव बुढा व्यवसायी प्रकाश कोइराला प्रथम उपाध्यक्ष हेम बहादुर बस्नेत रहेका थिए ।

संस्थाका उपाध्यक्ष हेम बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरु प्रमुख सल्लाहकार सुर्य सुबेदी संस्थाले गरेका गतिविधिहरुबारे जानकारी गराएका थिए । संस्थाका अध्यक्ष बसन्त राज पुरीले सितारम कट्टेल र कुन्जना घिमिरे दुबै जनालाई सम्मान-पत्र र खादा ओढाएर सम्मान गर्दै नमुना बस्ती निर्माणका लागि सहयोगार्थ संकलति रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिताराम कटेलले धुर्मुस सुन्तली फाउन्डेसनले गरेका कार्य, निर्माण गरेका बस्ती, समाजिक गतिविधि, देशमा भएका परिस्थिति, महिला दिदि बहिनीहरु लगायत दाजुभाइ विदेशिनु परेको बाध्यता लगायतका कुरा बोलेका थिए ।

दाङ देउखुरी सेवा समाजले गरेको सामाजिक कामको प्रसंशा गर्दै आफुले पाएको सम्मानले समाज प्रतिको दायित्वमा झन उर्जा थपिएको र दाङसग हाम्रो भावनात्मक मात्रै नभएर आत्मीय सम्बन्ध रहेको बताए । धुर्मुस सुन्तली फाउन्डेसनमा दाङकै लेखन्त भुसाल सदस्य रहेको पनि जानकारी गराउदै धुर्मुसले मेरी श्रीमति पनि आठ महिनकी सुत्केरी छिन र हामी दुवै जना सामाजिक क्षेत्रमा सक्रिय रहेर लागि परेको भनि बोल्दै गर्दा उपस्थित सबैजना भावुक भएका थिए भने महिला दिदिबहिनीहरुको आँखामा आसु देखिएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै कुन्जना घिमिरेले नारी पुरुष रथका दुई पाङ्ग्रा भने जस्तै हामी पनि पुरुष बराबर गर्न सक्छौ भन्ने उद्देश्यका साथ हरेक महिलाहरुलाई समाजमा भएका अन्याय अत्याचार समाज परिवर्तनका निमित्त हरेक तहमा बसेर काम गर्नु पर्ने र अगाडि बढ्नु पर्ने बताउदै सहयोग भनेको कहिल्यै मुल्य तुलना गर्न मिल्दैन आफ्नो सक्दो खुशी मनले आत्मा देखी गर्नुहोस् एक रुपैयाँ गर्नुहोस् सहयोग हो सन्तुष्टि मिल्नेछ भन्दै सम्मानको लागी दाङ देउखुरी समाजको सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

त्यसैगरी समाजसेवी प्रकाश कोइरालाले बोल्दै सहयोग भनेको ठुलो सानो कहिले न हुने मैले धेरै पैसा कमाएर चाहेको सबै पुरा भए युरोप तिर बालबच्चा पढाउदै छु । तर समाज सेवा भनेको आत्मा सन्तुष्टि मिल्ने भन्दै दाङ देउखुरीले गरेको सहयोगको खुलेर चर्चा गरे ।सम्मान कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, सास्कृतिक बिभागका कलाकार, दङगाली, गैर दङ्गाली शुभ चिन्तकको उल्लेख्य उपस्तिथि रहेको थियो ।

कार्यक्रम अन्तमा बोल्दै अध्यक्ष पुरीले धुर्मुस सुन्तलीको अभियानलाई सफल तुल्याउन आहोरात्र खट्नु हुने सांस्कृतिक बिभागका सम्पुर्ण टिम कलाकारहरु लागायत कार्यसमिति सदस्य, सहयोग प्रदान गर्नुहुने सम्पुर्ण दाङ जिल्लाबासी दाजुभाइ तथा दिदिबहिनीहरु व्यावसायिक समाजसेवी लगायत अन्य जिल्ला बासि नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई धन्यवाद व्यक्त गरे ।

धुर्मुस सुन्तली

आगामी दिनहरुमा पनि संस्थाले गर्ने हरेक समाजिक कार्यहरुमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुनेछ भन्ने अपेक्षाका राख्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम महासचिव लिलाधर आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

७ नं प्रदेशबाट धुर्मुसु–सुन्तलीको ‘नमूना नेपाल’ परियोजना शुरु हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK